‘नाईं नभन्नु ल ५’ मा केकीको विशेष भूमिकामा इन्ट्री

 

 

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा गरिएको छ । मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको पूजाआजा गरिएको हो । चैत १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकास राज आचार्यले निर्माण र निर्देशन गर्दैछन् । ‘नाईं नभन्नु ल ५’ मा अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मीको निरन्तरता रहनेछ ।

 

यस्तै, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी पनि फिल्ममा लिड रोलमा अनुवन्धित भएका छन् । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक आचार्यले अभिनेत्री केकी अधिकारी पनि फिल्ममा भित्रिएको जानकारी दिए ।उनले भने, ‘उहाँको विशेष भूमिका छ । स्क्रिप्ट सुनेपछि उहाँले एकै पटकमा फिल्म गर्ने वचन दिनुभयो ।’ केकीको भूमिकाको विषयमा भने उनले केही खुलाउन चाहेनन् । 

 

वर्ष २०७५ को भदौ ८ गतेलाई प्रदर्शन मिति लक गरिएको यो फिल्ममा प्रियंकाले स्वस्तिमाको आमाको भूमिका निर्वाहा गर्ने छिन् । ‘नाईं नभन्नु ल ५’ मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । निर्देशक आचार्य उक्त फिल्मबाट नयाँ नायक लञ्च गर्दैछन् । नाम भने गोप्य राखिएको छ । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद फिल्ममा छ ।

प्रतिकृया दिनुहोस

पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

  पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान,

‘डामाडोल’ फिल्ममा निश्चलको जोडी स्वस्तिमा

  यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै

रिलिज नहुँदै काठमाडौंको हलमा ‘शत्रुगते’ हाउसफूल

काठमाडौं  प्रतिक्षित फिल्म ’शत्रु गते’ आज शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ