विश्वकप छनोट: अफगानिस्तान च्याम्पियन

                             

आईसीसी विश्वकप छनोट क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ । जिम्बावेमा आइतबार भएको फाइनलमा वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान च्याम्पियन बनेको हो । हरारे स्पोर्ट्स क्लबको मैदानमा वेष्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य अफगानिस्तानले ४० ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अफगानीस्तानको जितमा मोहम्मद शहजादले ८४ रनको योगदान दिए ।

 

त्यस्तै रहमत शाहले ५१ रन जोड्दा मोहम्मद नाबीले २७ तथा समिउल्लाह शेनवारीले २० रन बनाए । वेष्ट इन्डिजका क्रिस गेलले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४६ ओभर ५ बलमा अलआउट हुँदै २०४ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि रोभम्यान पावेलले ४४ रन जोडेका थिए । यस्तै सिम्रोन हेटमेयरले ३८ रन बनाउदा इभिन लुइसले २७ तथा एस्ले नर्सले अविजित २६ रन जोडे । वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल मात्र १० रनमा आउट भए ।

 

अफगानिस्तानका मुजिब उर रहमानले ४ तथा गुल्बादिन नाइबले २ विकेट लिए । वेष्ट इन्डिजलाई हराएसँगै अफगानिस्तानले विश्वकप छनोट च्याम्पियनको रुपमा अर्को बर्ष इंग्ल्यान्ड र वेल्समा हुने आईसीसी विश्वकप क्रिकेटमा सहभागिता जनाउने छन् । फाइनलमा पराजित भएपनि वेष्ट इन्डिजले इंग्ल्यान्ड र वेल्सको विश्वकप खेल्ने छ । १० राष्ट्र सहभागी छनोटमा अफगानिस्तान भाग्यले सुपर सिक्स पुगेको थियो ।

 

समूह चरणमा नेपाललाई हराएको अफगानिस्तान नेपालले हङकङलाई हराएपछि सुपर सिक्समा पुगेको थियो । यस्तै सुपर सिक्सको अन्तिम खेलमा युएईले जिम्बावेलाई हराएपछि फाइनल पुग्नेसम्भावना बोकेको अफगानिस्तानले अन्तिम खेलमा आयरल्याण्डलाई हराउँदै फाइनलमा पुगेको थियो । अफगानिस्तानले सुपर सिक्सको दोस्रो स्थानमा रहेर वेष्ट इन्डिजसँग फाइनल खेलेको हो ।

प्रतिकृया दिनुहोस

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल

विश्वकप फुटबलको खेलतालिका - नेपाली समयअनुसार

यहि जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले