‘डामाडोल’ फिल्ममा निश्चलको जोडी स्वस्तिमा

 

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै प्रमुख कलाकार दोहोरिने छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेता आशिफ शाह लिड रोलमा रहने कन्फर्म भइसकेको छ । नायिका छनौट हुन बाँकी रहेको खबर बाहिरिरहँदा फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुवन्धित भएको खबर छ ।

 

हालसालै चलचित्र विकास बोर्डमा नाम दर्ता गराउने क्रममा निर्माण टिमले निश्चल र स्वस्तिमाको नाम प्रमुख कलाकारको रुपमा लेखाएको छ । यो कपल रियल लाइफमा श्रीमान्-श्रीमति हुन् । ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा स्वस्तिमाले नृत्य गरेकी थिइन्, जुन अहिले युट्युबमा ५ करोडभन्दा बढी पटक हेरिएको छ । गीतमा अधिकांश दर्शकले यो रियल जोडीलाई रिलमा रोमान्स गरेको हेर्ने चाहना व्यक्त गरेका छन् । 

 

सोही कारण ‘डामाडोल’ टिमले यो निर्णय लिएको बुझिएको छ । यस विषयमा फिल्मीखबरसँग कुराकानी गर्दै निर्देशक असिम शाहले स्वस्तिमा खड्का फाइनल भएको कुरा सत्य नभएको बताए । उनी भन्छन्, ‘विकास बोर्डमा एक जना नायिकाको नाम राख्नु पर्ने भएका कारण स्वस्तिमाको राखेका हौं । तर अहिले त्यो फाइनल भने भइसकेको छैन ।’ फिल्मको यतिबेला स्क्रिप्टको काम भइरहेको र बैशाख १५ बाट छायांकन सुरु हुने बताइएको छ । जी ट्वान्टी वान पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘डामाडोल’ लाई असिमले नै निर्देशन गर्नेछन् । 

प्रतिकृया दिनुहोस

पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

  पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान,

‘नाईं नभन्नु ल ५’ मा केकीको विशेष भूमिकामा इन्ट्री

    नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा

रिलिज नहुँदै काठमाडौंको हलमा ‘शत्रुगते’ हाउसफूल

काठमाडौं  प्रतिक्षित फिल्म ’शत्रु गते’ आज शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ