सन्दिप लामिछाने दिल्ली प्रस्थान

 

इन्डियन प्रिमियर लिग आइपिएलको ११औं संस्करणमा सहभागी हुन नेपाली युवा बलर सन्दिप लामिछाने मंगलबार दिल्ली प्रस्थान गरेका छन्। विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने आइपिएलमा लामिछाने दिल्ली डेयरडेभिल्सबाट खेल्न लागेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन्।

 

दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएको अवसरलार्इ सदुपयोग गर्न सक्दो प्रयास गर्ने बताए ।यसअघि सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेललनमा बोल्दै लामिछानेले आफ्नो लागि आइपिएलमा खेल्नु ठूलो अवसर भएको बातएका थिए। ‘मैले अवसर पाएको छु । मैले राम्रो गर्न सकेँ र मेरो टिम दिल्लीले राम्रो गर्‍यो भने म भन्दा धेरै योग्य दाइहरू हुनुहुन्छ। उहाँहरूका लागि बाटो खुल्छ।’ गत माघको दोस्रो साता भएको आइपीएलको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो।

प्रतिकृया दिनुहोस

कोलकातासँग दिल्ली ७१ रनले पराजित

           इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ

आइपीएलमा दिल्लीको पहिलो जित

नयाँदिल्ली      इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले

गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

       इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको