चिनियाँ नेता सी र उत्तर कोरियाली सर्वोच्च नेता उनबीच भयो उच्चस्तरको वार्ता

 

चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्। चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित एउटा रेल देखिएपछि किम सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएको ठानिएको थियो। संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ता अघि यो भ्रमण भएको हो।

चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तराष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ। तर आगामी वार्ताहरूमा बेइजिङको भूमिका के हुन्छ भनेर प्रष्ट भइसकेको छैन्। केही दिनको अडकलबाजीपछि चीनको सिन्हुवा समाचार संस्थाले उत्तर कोरियाली नेताले बेइजिङको भ्रमण गरेको पुष्टि गरेको हो। यसअघि यसै हप्ताको सुरुमा जापानी सञ्चारमाध्यमहरूले एउटा विशेष रेलमा एक जना उच्च पदस्थ व्यक्तित्व चीन आइपुगेको विवरण प्रकाशन गरेका थिए।

 

सिन्हुवा समाचार संस्थाले राष्ट्रपति सी र किमबीचको भेटवार्तालाई ‘सफल’ भनेको छ। सन् २०११ मा सत्ता सम्हालेयता यो किमको पहिलो विदेश भ्रमण हो। सी र उनकाे भेटले अमेरिकालार्इ ठूलाे तनाव बढ्न सक्ने अन्तराष्ट्रिय विश्लेषकहरूले अाँकलन गरेका छन् ।

प्रतिकृया दिनुहोस

अमेरिकाले रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी

  अमेरिकाले सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धका बारेमा थप जानकारी सोमबार दिइने अमेरिकाले

सलमानलाई ५ वर्षको जेल सजाय

  कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का

इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित

इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत