पत्नी पीडितले श्रीमतीविरुद्ध उजुरी

नेपालमा महिला हिंसाका घटना धेरै सार्वजनिक हुन्छन् । प्रहरी प्रशासन, अदालतलगायतका न्यायिक क्षेत्रमा पनि महिला हिंसाका उजुरी बढी हुने गरेका छन् । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आउने समाचार पनि महिला हिंसासँगमात्र सम्बन्धित धेरै हुन्छन् । स्वभाविकरूपमा पनि महिलाका पीडालाई सबैले संवेदनशील विषयका रूपमा लिने हुँदा हिंसा पीडित बनेका पुरुषका कथा ओझेलमा पर्ने गरेका छन् । यस्तै प्रकृतिको एक घटना लिएर श्रीमतीविरुद्ध उजुरी गर्न ललितपुर महानगरपालिका आइपुगेका पुरुषको कथाले सबैलाई सोचमग्न बनाइदिएको छ ।

 

केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे । ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमानको आरोप छ । झट्ट सुन्दा नहोलाजस्तो लागे पनि अहिले काठमाडौं उपत्यकालगायतका देशका सहरी क्षेत्रमा यस्ता घटना बढिरहेका छन् ।

 

बढ्दो सहरीकरणसँगै पारिवारिक विचलनका घटना बढ्नु स्वभाविक हो । परम्परागतरूपमा श्रीमान–श्रीमतीको झगडा परालको आगो मानिन्थ्यो । विस्तारै महिलाले कानुनी र सामाजिक रूपमा अधिकार पाउन थालेपछि श्रीमानसँग सम्बन्ध नराम्रो भएपछि श्रीमती प्रहरीसम्म जाने क्रम बढ्न थालेको छ । घरेलु हिंसा, श्रीमानले अर्काे विवाह गरेको, खान–लाउन नदिएको भन्दै महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै आएका छन् । पछिल्लो सामाजिक परिवर्तनसँगै भने पुरुषले पनि श्रीमतीबाट आफू पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिने क्रम बढ्न थालेको छ ।

 

ललितपुर महानगरपालिकामा नै आएको अर्काे घटनामा एक जना नेपाली पुरुषले विदेशी श्रीमतीले बेवास्ता गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहेका छन् । डेढ वर्ष पहिले अमेरिकन नागरिकसँग विवाह गरेका ती व्यक्ति उनीसँग मुस्किलले १० दिन मात्रै सँगै बसे । आफू गएपछि प्रक्रिया मिलाएर उनलाई समेत अमेरिका लाने श्रीमतीले आश्वासन दिएकी थिइन् । उता गएपछि फर्किएर पनि नआएको र उनलाई उता लैजान बेवास्ता गरेको भन्दै उनले कानुनीरूपमै अलग्गिन चाहेका हुन् । प्रहरी र स्थानीय निकाय दुवैमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेका मुद्दा आउन थालेका छन् ।

 

पहिले श्रीमानले सोझै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने व्यवस्था थिएन । त्यसैले पनि यस्ता मुद्दा पहिले स्थानीय निकायमा जाने गरेका थिए । ललितपुर महानगरपालिकाका न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले श्रीमतीबाट विभिन्न कारणले पीडित भएर सम्बन्धविच्छेद गर्नका लागि उजुरी कानुन शाखामा धेरै आएको बताए । समितिले भने आएका मुद्दामा पहिले मेलमिलापका लागि प्रयास गर्छ । मेलमिलापको चरण पार गरेर पनि मिल्न नसकेका मुद्दा मात्रै अदालतमा जान्छ । ‘हामीले सकेसम्म र मिल्नेसम्मका मुद्दा मेलमिलापमार्फत यहीँ टुंग्याउन प्रयास गर्छाैं,’ उनले भने ‘दुवैले आपसमा मिलेर बस्न सक्दैनौँ भने मात्र समितिले मुद्दालाई अदालत पठाउने गरेको छ ।’

 

महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख चञ्चला श्रेष्ठ महिलाका तुलनामा पुरुष घरभित्र पीडित भएका घटना कम भए पनि बढ्ने क्रममा रहेको बताउँछन् । एक दशकसम्म होला जस्तो लागे पनि प्रहरीसम्म यी घटना आउन थालेका छन् । पुरुष खुलेर महिलाजसरी म पीडित भएँ भनेर कम मात्रै आउने गरेको बताउँछन् । अधिकांश घटनामा उनीहरू सल्लाहका लागि आउँछन् ।

 

उनले भनिन्, ‘अझै पनि म त केटा मान्छे हो श्रीमतीबाट पीडित भएँ भनेर कसरी भन्ने’ भनेर खुल्न नसक्ने छन् । गैरसरकारी संस्थाले पनि महिला मात्रै पीडित हुन्छ भन्ने सोच्ने गर्छन् । श्रीमतीबाट पीडित हुने घटना वैदेशिक रोजगारीमा गएका पुरुषको बढी आउने गरेको बताउँदै श्रेष्ठले भनिन्, ‘श्रीमतीलाई सहरी क्षेत्रमा छोडेर गएका पुरुष फर्कदा श्रीमती र सम्पत्ति दुवै गुमाएको गुनासा लिएर आउँछन् । श्रीमतीले भने महंगीले गर्दा पैसा सकिएको बताउने गर्छन् ।’ प्रहरीकहाँ खोजतलासमा धेरै महिला हराएका मुद्दा छन् । तीमध्ये धेरैमा वैदेशिक रोजगारबाट फर्किएका श्रीमान्ले श्रीमती हराएको भन्दै दिएका मुद्दा छन् ।

प्रतिकृया दिनुहोस

पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याउने बैज्ञानिक कारण के होला ?

हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको

एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्

लन्डन    महिलाहरू थुतुनी हुन्छन् अर्थात धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द

नागरिकता पाउने विश्वकी पहिलो रोबोट सोफिया

  सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्। गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो। हंगकंगको हान्सन