रसुवागढी र सान्जेन जलविद्युतको साधारण सेयर बाँडफाँड आज

सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक तथा ऋणदाता संस्थाका कर्मचारीका लागि आज साधारण सेयर बाँडफाँड गर्दैछ । सेयर बाँडफाँडका लागि सम्पूर्ण तयारी पूरा भएको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले जानकारी दिएका छन । सेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन भएकाले बाँडफाँड गर्न लागिएको उनले बताए ।

                              

दुवै कम्पनीले पहिलो चरणमा सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ–संस्था) तथा ऋणदाता संस्था (कोष) का कर्मचारीका लागि सेयर निष्कासन गरेका थिए । तोकिएको समयभित्र दुवै कम्पनीमा संस्थापक तथा ऋणदाता संस्थाका १९ हजार १ सय ३३ जनाले आवेदन दिएका छन् । उनीहरूबाट ८१ करोड ७३ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ ।

 

रसुवागढीमा कोषका ५ सय ८५ कर्मचारीले आवेदन दिएका छन् । उनीहरूबाट ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, संस्थापक संस्थाका ८ हजार ९ सय ८६ कर्मचारीले दिएको आवेदनबाट ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ । यसैगरी, सान्जेनमा कोषका ५ सय ८५ कर्मचारीले आवेदन दिएका छन् । यसबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । उता संस्थापक संस्थाका ८ हजार ९ सय ७७ आवेदकबाट २६ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।

प्रतिकृया दिनुहोस

विद्युत प्राधिकरणको बक्यौता महसुल करिब पाँच अर्ब रुपैयाँ पुगेको

महसुल नतिर्ने ठूला ग्राहकहरूमध्ये स्थानीय तहहरू प्रमुख रहेको बताउँदै उसले वर्षौँ यता उठ्न नसकेका महसुल उठाउन ताकेता गरिएको जनाएको छ।  तर काठमाण्डू

विश्वका पहिलो धनी बने जेफ बेजोस

  संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्‍वकै धनी व्‍यक्ति बनेका छन्।अमेरिकी आइटी अनलाइन ब्लुमबर्गले गरेको

बजेट पढ्दै प्रदेश अर्थमन्त्री

  अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक मामिला तथा