सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) आजदेखि

              à¤¡à¥€à¤ªà¥€à¤à¤² क्रिकेट आजबाट सुरुः पहिलो खेलमा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा

सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । सहभागी ६ वटै टिमको एउटै लक्ष्य हो उपाधि । १५ दिनसम्म चल्ने डीपीएलले फेरि एकपटक घरेलु क्रिकेटको माहोल बनाउँदैछ । डीपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।धनगढीस्थित संघीय प्रहरीको मैदानमा हुने खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

 

टिम चौराहा गत संस्करणको च्याम्पियन बन्दा उसलाई भाग्य र कप्तानको रणनीतिले निकै साथ दिएको थियो । राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहाले फाइनलमा विराटनगर किङसलाई हराउँदै च्याम्पियन बनेको थियो । पोहोर आफैँले हराएको विराटनगरको कप्तान यसपटक पारस छन् । गएको संस्करणमा बिराटनगरको कप्तानी गरेका शरद भेषावकर यो प्रतियोगितामा छैनन् । चौराहाको कप्तानी सोमपाल कामीको हातमा छ । यस्तै, काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ ।

 

उद्घाटन खेलमा दुबै टिमका कप्तानले जितका लागि मैदानमा उत्रने बताएका छन् । धनगढीको मौसम र पिचको अवस्था कस्तो हुन्छ त्यो अनुसार खेल अगाडि नै के गर्ने भन्ने निर्णय हुने चौराहाका कप्तान सोमपालले बताए । मैदान केही सानो भएकाले हाइस्कोरको म्याच हुनसक्ने अनुमान गरिएको छ । यसपटकको पिच ब्याट्सम्यानलाई साथ दिनेगरि बनाइएको छ । दुई महिना लगाएर तयार पारेको पिचमा शुक्रबार परेको पानीले केही असर नगर्ने अनुमान क्युरेटर अजय पाण्डेको छ । उद्घाटन खेलमा चौराहाबाट खेलिरहेका युएईका कप्तान रोहन मुस्तफा सबैको नजरमा हुनेछन ।

 

अलराउण्डर मुस्तफाबाहेक चौराहामा त्यस्तै धेरै अनुभव भएका खेलाडी कम नै छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्स पनि मिश्रित छ । शुक्रबार धनगढीमा ठूलो हावाहुरीसहित पानी परेको थियो । केही ठाउँमा असिना पनि परेको थियो । 
यस पटकको डीपीएल किन विशेष छ भने सर्वाधिक पुरस्कार, सुधारिएको मैदान र प्रविधिको प्रयोगसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो घरेलु प्रतियोगिता हो ।

 

मोफसलमा आयोजना भएको यति ठूलो प्रतियोगिता हरेक खेलाडीको सपनासँग जोडिएको छ । यसपटक मैदानमा राखिएको अस्थाई प्याराफिट पाँचजना क्रिकेट खेलाडीको सम्मानमा समर्पित गरिएको छ । पूर्व कप्तानहरु विनोद दास, राजु खड्का, अलराउण्डर मेहबुब आलम, पूर्व प्रशिक्षक स्वर्गीय अर्जुन खड्का र कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दिपक विष्टको नाममा स्ट्यान्ड बनाइएको छ ।

प्रतिकृया दिनुहोस

कोलकातासँग दिल्ली ७१ रनले पराजित

           इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ

आइपीएलमा दिल्लीको पहिलो जित

नयाँदिल्ली      इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले

गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

       इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको