झण्डै १७ वर्षपछि ११ र १२ को पाठ्यक्रम परिमार्जन हुने

काठमाडौं । झण्डै १७ वर्षपछि कक्षा ११ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौँ संसोधनले उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरेपछि ११ र १२ को पाठ्यक्रम परिवर्तन हुने भएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए । आगामी साउनदेखि सुरु हुने नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा भर्ना हुने विद्यार्थीले परिमार्जित पाठ्यक्रम पढ्न पाउनेछन् । गतवर्षको शैक्षिक सत्रमा कक्षा १–१० सम्मको पाठ्यक्रम परिवर्तन भएको थियो । अहिले एसइई परीक्षा लेखिरहेका विद्यार्थीले नयाँ पाठ्यक्रम पढेका थिए ।

 

कक्षा ११–१२ को पाठ्यक्रमलाई पनि कक्षा १० सम्मको पाठ्यक्रमसँग मिल्दोजुल्दो बनाएर परिमार्जन गर्न लागिएको पनि काप्रीले बताए । पाठ्यक्रममा नयाँ शैक्षिक पद्धतिलाई समावेश गरिने पनि उनले बताए । देश संघीय संरचनामा गएकाले स्थानीय तह, प्रदेश तथा संघलाई समेट्ने गरी पुस्तक तयार पारिने काप्रीले बताए । ‘संघीय प्रारूपअनुसार पाठ्यक्रम तयार पारिदैँ छ,’ कार्यकारी निर्देशक काप्रीले भने, ‘सरकारी तथा निजी विद्यालयमा सोही पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक पढाइन्छ ।’ विज्ञहरूको सल्लाह, समसमायिक विषयवस्तु तथा अन्तर्राष्ट्रिय शैक्षिक प्रणालीलाई समेटेर पुस्तकको प्रारुप तयार पार्ने बताउँदै काप्रीले प्रारुप तयारपछि एकपटक अध्ययन गरेर मात्र पुस्तक छापिने जानकारी दिए ।

 

नयाँ पुस्तकमा व्यावसायिक, भाषा, गणित, विज्ञान, कानुनलगायतका विषय समेटिने छन् । ‘नयाँ पाठ्यक्रमा देशको भाषा, अवस्था, नीति तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई समेटिने छ’ काप्रीले भने, ‘स्थानीय तहलाई पनि पाठ्यपुस्तक निर्माण जिम्मा पाउन सक्छ ।’ यो वर्ष कक्षा ११ तथा आउँदो वर्षमा कक्षा १२ को पाठ्यपुस्तक परिमार्जन गर्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रले कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम प्रणाली लागू गर्ने तयारी गरेको छ ।सरकारले पुस्तक परिमार्जन गर्दै गर्दा एसइई दिइरहेका विद्यार्थी, शिक्षक तथा शिक्षाविद् पनि परिमार्जित पाठ्य पुस्तकमा पुरानो पद्धतिलाई अपनाउनुभन्दा पनि व्यावसायिक तथा प्रयोगात्मक विषयलाई जोड दिनु पर्ने बताउँछन् ।

 

शिक्षाविद् विद्यानाथ कोइराला लामो समयपछि माध्यमिक तहको पाठ्यक्रम परिमार्जन हुनु सकारात्मक विषय भएको बताउँदै व्यावहारिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । परिमार्जित विषयवस्तुसँगै शिक्षकको दक्षता तथा सिकाइलाई पनि परिवर्तन गर्नुपर्ने कोइरालाको भनाइ छ । त्यस्तै काभ्रेको पनौतीस्थित इन्दे्रश्वर माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिँदै गरेका कलम थापा तथा काठमाडौंबाट एसइई परिक्षा दिइरहेकी सिर्जना लामा पनि नयाँ पाठ्यपुस्तकमा सिकाइमूलक विषयलाई समेटिनुपर्ने बताउँछन् । भविष्यमा बेरोजगार हुनुपर्ने स्थितिलाई रोक्ने शिक्षा आजको आवश्यकता रहेको उनीहरूको भनाइ छ । उनीहरूजस्तै एसइई परीक्षा दिइरहेका अन्य विद्यार्थीले पनि अब बन्ने पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरको सिकाइ तथा विषयवस्तु समेटिनुपर्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको नतिजा असारको दोस्रो सातामा प्रकाशित गर्ने तयारी

  कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण

त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउने

 त्रिभुवन विश्वविद्यालयले एकै दिनमा लब्धांकपत्र उपलब्ध गराउन सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डाक्टर तीर्थराज खनियाँले एकै

सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने

सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका संसदमा २०७५÷०७६ को नीति तथा कार्यक्रम