महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया विजयी

मुलुककै सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया विजयी भएका छन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको मैदानमा चलिरहेको प्रतियोगिताको आइतबार दिउँसो भएको खेलमा विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले पारस खड्काको कप्तानीमा रहेको विराटनगर किङ्सलाई ३३ रनले पराजित गर्‍यो ।

 

टस जितेर ब्याटिङ रोजेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६८ रन बनायो । महेन्द्रनगर युनाइटेडका लागि विदेशी खेलाडी पुनित मेहराले सर्वाधिक ३८ रनको योगदान गरे । उनले १८ बलको सामना गरी तीन छक्का र दुई चौका पनि प्रहार गरे । कप्तान विनोद भण्डारीले २९ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३५ रन जोडे ।भारतीय खेलाडी पुनित विष्टले २४ रन बनाए । उनले १४ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए ।

 

आरिफ शेखले पनि १५ बलमा तीन चौकाको मद्दतले २० रन बटुले । विराटनगरका बलर मञ्जित श्रेष्ठले चार ओभरमा ३० रन खर्चिएर दुई विकेट हात पारे । कप्तान पारस र शुभम कामतले एक÷एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको विराटनगर किङ्सले १९ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले सर्वाधिक ३२ रन जोडे । उनले १० बलको सामना गरी चार छक्का र दुई चौका प्रहार गरे । पृथु बाँस्कोटाले ३९ बलमा एक छक्का र २ चौकाको मद्दतले ३५ रन बटुले । अनिल शाह २३ र कप्तान पारसले १६ रन जोडे ।

 

सुरुआती प्रदर्शनी राम्रो रहे पनि अन्त्यतिर तालमेल मिलाउन नसक्दा विराटनगरले हारको सामाना गर्नुपर्‍यो । विराटनगरका खेलाडीलाई रोक्ने क्रममा महेन्द्रनगर युनाइटेडका बलर अभिनाश कर्णले तीन तथा पुनित मेहरा, भुवन कार्की र रोहित क्षेत्रीले दुई÷दुई विकेट लिए । हरिशंकर शाहले पनि एक विकेट हात पारे । प्रतियोगितामा ३८ रन बनाउँदै दुई विकेटसमेत लिएका महेन्द्रनगर युनाइटेडका भारतीय खेलाडी पुनित मेहरा म्यान अफ दी म्याच घोषित भए । चार ओभर बलिङ गरेका उनले २१ रन खर्चेर दुई विकेट लिएका थिए । खेलपछि विराटनगर किङ्सका कप्तान पारसले टिमले राम्रो खेले पनि महेन्द्रनगर युनाइटडले ठूलो लक्ष्य अघि सारेको प्रतिक्रिया दिए ।

 

उनले खेलको अन्त्यतिर महेन्द्रनगरका बलरहरूले पनि राम्रो प्रदर्शन गरेको बताए । महेन्द्रनगर युनाइटेडका कप्तान विनोदले आफ्नो टोलीले स्तरीय प्रदर्शन गरेको बताए । ‘आजको खेलमा ब्याट्सम्यान र बलर दुवै चलेकाले हाम्रो जित सम्भव भयो’, उनले भने । अर्काे खेलमा सीवाईसी अत्तरियाले रूपन्देही च्यालेन्जर्सलाई नौ विकेटको फराकिलो अन्तरले पाखा लगायो । टस हारेर ब्याटिङ गरेको अत्तरियाले १५.२ ओभरमा अलआउट हुनुअघि ६१ रनमात्र बनाउन सक्यो । सीवाईसी अत्तरियाले ७.३ ओभरमै केवल एक विकेट गुमाएर ६५ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । अत्तरियाका लागि भारतीय खेलाडी सौरभ चित्काराले अविजित ३० रनको योगदान गरे ।

 

उनले १३ बलको सामना गरी तीन छक्का र दुई चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेलले १९ र प्रेम तामाङले १४ रन बनाए । रूपन्देहीका लागि ओमानका खेलाडी सुफयान मेहमुदले ५० बलमा अविजित २० रन बनाएका थिए । कप्तान शक्ति गौचनसमेत केवल आठ रन बनाउँदै सीवाईवी अत्तरियाका बलर सुभाष खकुरेलको बलमा आउट हुन पुगे । अन्य ब्याट्सम्यानले दोहरो संख्यामा रन बनाउन सकेनन् । रूपन्देहीलाई सस्तोमा समेट्न सीवाईसी अत्तरियाका बलर कमलसिंह ऐरीले चार ओभरमा १५ रन खर्चेर चार विकेट लिए । यू—१९ टोलीका खेलाडी शुभांकर उराऊले पनि राम्रो बलिङ गर्दै रूपन्देहीका तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काए । उनले २.२ ओभरमा केवल सात रन खर्चिएका थिए । उक्त खेलमा सीवाईसी अत्तरियाका कमलसिंह ऐरी म्यान अफ दी म्याच घोषित भए ।

प्रतिकृया दिनुहोस

कोलकातासँग दिल्ली ७१ रनले पराजित

           इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ

आइपीएलमा दिल्लीको पहिलो जित

नयाँदिल्ली      इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले

गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

       इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको