काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने

काठमाडौंको वसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, बालाजु बाइसधारा र पशुपति क्षेत्रमा निःशुल्क रूपमा इन्टरनेट (वाइफाइ) सेवा पाइने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी गरेको छ । महानगरपालिकालाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने नीतिअनुसार पहिलो चरणमा सम्पदान क्षेत्रमा निःशुल्क वाइफाइ सेवा दिन लागिएको हो । महानगरपालिकाले वल्डलिंकसँग सहकार्य गरी निःशुल्क इन्टरनेट सेवा दिन लागेको हो ।

 

आइतबार एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा र वल्डलिंकका विजयकुमार जलानबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । जसअनुसार दुई महिनाभित्रमा ६ वटा सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइ सेवा सुरु गरिने भएको छ । वाइफाइ प्रयोगकर्ताको न्यूनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमबीपीएस व्यान्डविथ क्षमताको सेवा जडान गरिने छ । पशुपति क्षेत्रमा ११ वटा एक्सेस प्वाइन्ट राखिने भएको छ । बौद्धमा चारवटा, शंखपार्कमा दुईवटा, बालाजु बाइसधारामा सातवटा, स्वयम्भूमा पाँचवटा र वसन्तपुरमा नौवटा एक्सेस प्वाइन्ट राखिने सम्झौतापत्रमा उल्लेख छ । 

 

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एकसाथ २ सयदेखि ७ सय जनाले वाइफाइ चलाउन सक्नेछन् । यसैगरी बौद्धमा दुई सय पचासदेखि पाँचसय, शंखपार्कमा पचासदेखि २ सय, बालाजु बाइसधारामा २ सयदेखि ७ सय, स्वयम्भूमा २ सयदेखि ३ सय र वसन्तपुरमा २ सयदेखि ३ सय जनाले एकसाथ वाइफाइ चलाउन सक्नेछन् । सम्पदा क्षेत्रमा आउने सबैले निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकून् भन्नका लागि एकपटक वाइफाइ चलाउनेको ३० मिनेटपछि उक्त दिनका लागि स्वतः कनेक्सन काटिनेछ ।

 

तर सोही व्यक्ति अर्को एक्सेस प्वाइन्टमा पुगेको अवस्थामा भने उसले पुन ३० मिनेटसम्म वाइफाइ चलाउन पाउनेछन् । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आपूmले महानगरपालिकालाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने घोषणा पहिल्यै गरेकाले हाल सोहीअनुसार काम अघि बढेको बताए । उनले सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइ सुरु गरेपछि सोबाट प्राप्त हुुुुुुुुने अनुभव र प्रभावका आधारमा थप क्षेत्रमा सेवा विस्तार गरिने बताए ।

 

 ‘नागरिकको जीवनमा प्रविधि जोड्नुअघि सोको दुरुपयोग हुन सक्ने विषयमा पनि हामी सचेत छौं,’ शाक्यले भने, ‘अहिले हामीले काम अघि बढाएका छांै, यसबाट आएको परिणामपछि पहुँच र सेवा विस्तार गर्नेछांै ।’ वल्डलिंकका निर्देशक विजयकुमार जलानले सम्झौतापत्रबमोजिम गुणस्तरीय सेवा उपलब्ध गराउन आपूmहरू प्रतिबद्ध रहेको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सम्झौता गरी इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको बताए । महानगरपालिकाले यसअघि रत्नपार्क, महानगरपालिका, वडा कार्यालय, बानेश्वरको छक्कुपक्कु मन्दिरमा निःशुल्क वाइफाइ सेवा दिइसकेको महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख धुव्रकुमार काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस

सरकारले ‘सिन्डिकेट’ खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरे

  सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीहरुले बुधबार राजधानीमा संयुक्तरुपमा

वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको

काठमाडौं दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ । हेल्थ

७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना गर्ने निर्णय

  जिल्लामा रहेका शिक्षा कार्यालय खारेज गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना