भैरवीमा  सिन्दुरे जात्रा आज अपरान्ह मनाइदै छ 

पांचसय वर्ष पुरानो नुवाकोटको ऐतिहासिक क्षेत्र, भैरवीमा बैशाख पूर्णिमाको विशेष अवसरमा सञ्चालित  सिन्दुरे जात्रा आज अपरान्ह मनाइदै छ । नेपाल सरकारको प्रतिनिधि,  द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर  हालेपछि, २०७४ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु हुने छ । देवीघाटको जालपा देवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा भगवानको दर्शन गर्न तथा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, काठमाडौ लगायतका जिल्लाका हजारौं भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेने छ ।

 

प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्रमा रहेको भैरवी मन्दिरमा पांच सय वर्ष पुरानो प्रसिद्ध सिन्दुरे जात्रा विहीवार भव्यताका साथ गरिएको हो । जात्राको रौनकताले नुवाकोटको साततले दरवार क्षेत्रको भैरवी मन्दिर परिसरमा हजारौं जात्रालुको घुंइचो लाग्ने गरेको छे । नुवाकोटको सवै भन्दा ठुलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्वितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र गुहृय पाटी अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ   ।

 

द्वितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् । पांच सय बर्ष भन्दा पुरानो यो जात्राको मुख्य आकर्षण भैरवी मन्दिरमा धामी धमिनि,सरकारी कर्मचारी, नेपाली सेना र सर्वसाधारणले सिन्दुर जात्रा गरेर मनाइने हो । यस अघि नै, चैत्र शुक्ल पूर्णिमाको दिन साततले दरवार, राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिन पछि द्वितियाको दिनमा भएको सिन्दुरे जात्राको निम्तो स्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको छ ।

 

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा आए पनि दिदी आएको अवसरम सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्यादै छ ।

 

यस अघि, देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनी सहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याएपछि सिन्दुर हालेर
सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतिक सिन्दुर हालिदिने लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दुर प्रदान गर्ने परम्परा रहेको छ ।

 

देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरिएको धामी धमिनी तथा रथ यात्रा पूजा परम्परा अनुसार नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याइएको हो । नुवाकोट भैरवी मन्दिर भन्दा केही तल रहेको धरमपानीमा बिहान पुग्नु भएका धामी धमिनी र भैरवी मन्दिरको रथ पूजा विधि प्रक्रिया पूरा गरी नुवाकोट तर्फ प्रस्थान गराइने छ  । आगामी वर्ष देशमा हुने घटनाक्रमहरुको भविष्यवाणी गरिने नुवाकोटको प्रमुख तथा ऐतिहासिक सिन्दुरे जात्रा आज सकिदै छ । 

 

चार दिनसम्म विशेष रुपमा मनाइने जात्राको पहिलो दिन मंगलवार राती भैरवी मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले नुहाएर महावली दिएसगैं २०७४  सालको सिन्दुरे जात्राको औपचारिक सुरुवात भएको मानिन्छ । नुवाकोटको भैरवी मन्दिर परिषरमा बाजागाजासहित भेला भएका सरकारी प्रतिनिधिहरुको रोहवरमा सिन्दुर हालेपछि यो जात्राको रौनक सकिन्छ । दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवानस्वरुप रहेका धामीधमिनीलाई नुवाकोट पु¥याएर विधिपूर्वकको कर्म गरेपछि सिन्दुरजात्रा गर्ने चलन रहेको छ । 

 

सिन्दूरे जात्राको मुख्य आकर्षण धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लाका हजारौं भक्तजन नुवाकोट पुग्ने गर्दछन । वैशाख पुर्णिमाको अवसरमा प्रत्येक वर्ष हुने यो मेलामा देशमा आगामी वर्ष हुने घटनाक्रमहरुको गोप्य रुपमा भविष्यवाणी गरेर राष्ट्रपतिकहां लैजाने प्रचलन रहेको छ । धामीले गोप्य रुपमा गरेको भविष्यवाणी दुतलाई मात्र जानकारी हुने गरेको छ ।

 

धामीले भविष्यवाणी प्रसिद्ध त्रिशूली र सुर्यमति नदीको किनारमा रहेको जालपादेवी मन्दिरमा सञ्चालित जात्रामा मात्र गर्ने गरेको जालपादेवीका पुजारी रणवहादुर चित्रकारले वताउनुभयो । धामीले गरेको भविष्यवाणी द्वारेमार्फत शितल निवासमा राष्ट्रपतिकहां पु¥याउने चलन रहेको छ ।
 

प्रतिकृया दिनुहोस

अखिल नेपाल किसान महासंघ गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा  अखिल नेपाल किसान महासंघ नुवाकोटको गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न भएको छ । आयोजना निर्माण आरम्भ हुनुअगावै मुआब्जा वितरण गर्ने जनाएको निर्माण

मैलुङ–स्याफ्रुबेसी सडक

  काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग सडक निर्माण पूरा भएसँगै रसुवागढी देखि धादिङको गल्छीसम्मको दुरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट