त्रिशूली जिल्ला अस्पतालको दन्तविभागमा आईतबार आगलागी हुँदा लाखौंको क्षति

त्रिशूली जिल्ला अस्पतालको दन्तविभागमा हिजो आईतबार आगलागी हुँदा लाखौंको क्षति भएको छ । अपरान्ह अस्पतालको दन्त विभागमा करेन्ट सर्ट भएर लागी भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट रु. २२ लाख भन्दा धेरैको क्षति भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. विवेक केसीले बताउनुभयो ।

आगलागीबाट एक्स रे मेसिन, एक्स रे स्क्यानिङ मेसिन लगायत सामग्री नष्ट भएको छ । आगोको कारण क्षति भएका भवन सहित २२ लाख भन्दा बढीको क्षति भएको हो । आगो स्थानीय, इलाका प्रहरी चौकीका कोलनीका प्रहरी सहायक निरिक्षक राजु लामिछानेको नेतृत्वको टोली र विदुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रण गरिएको थियो । आगोको कारण जिल्लाको एकमात्र सरकारी अस्पतालको दन्त सम्बन्धी सम्पूर्ण सेवाहरु अबरुद्ध भएका छन्  । 
 

प्रतिकृया दिनुहोस

अखिल नेपाल किसान महासंघ गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा  अखिल नेपाल किसान महासंघ नुवाकोटको गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न भएको छ । आयोजना निर्माण आरम्भ हुनुअगावै मुआब्जा वितरण गर्ने जनाएको निर्माण

मैलुङ–स्याफ्रुबेसी सडक

  काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग सडक निर्माण पूरा भएसँगै रसुवागढी देखि धादिङको गल्छीसम्मको दुरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट