नेपाल औषधि लिमिटेडको सिटामोल भोलिबाट बजारमा, कति मूल्य पर्छ ?

सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल भोलिबाट बजारमा जाँदैछ । गत फागुन ९ गतेबाट सिटामोल उत्पादन शुरु गरेको लिमिटेडले भोलिबाट बजार पठाउने तयारी गरेको औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुशम सुवेदीले लोकान्तरलाई जानकारी दिए । ‘हामीले गत फागुन महिनादेखि अहिलेसम्म १० लाख सिटामोल बनाइसकेका छौं ।

 

बजार पठाउनका लागि ५ लाख चक्की सिटामोल प्याकिङ भइसकेको छ,’ महाप्रवन्धक सुवेदीले भने, ‘वीर अस्पतालले भोलि ५० हजार चक्की सिटामोल किन्ने भएको छ । सात वर्षपछि हाम्रो सिटामोल भोलिबाट बजारमा जाँदैछ ।’ देशकै जेठो र केन्द्रीय अस्पतालसमेत भएकाले भोलि वीर अस्पताललाई बिक्री गर्ने तयारी गरिएको उनको भनाइ छ । वीर अस्पतालमा सिटामोल बिक्रीको औषपचारिक शुरुवात गरेसँगै आइतबारबाट देशैभरीका औषधि बजारमा सिटामोल पुग्ने सुवेदीले बताए ।

 

लिमिटेडले उत्पादन गरेको सिटामोल बिरामीले  प्रतिट्याब्लेट एक रुपैयाँमा पाउनेछन् । औषधि उत्पादनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा कारखाना निर्माण गर्न नसक्दा सात वर्षदेखि लिमिटेडको औषधि उत्पादन बन्द भएको थियो । सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सिटामोल उत्पादन पुनः शुरु भएको हो ।

प्रतिकृया दिनुहोस

भिटामिन डीको कमीले क्यान्सर हुने

  डा. सुनिल पौडेल भिटामिन डीको कमीले क्यान्सर यो एक प्रमाणित मेडिकल तथ्य हो कि भिटामिन डीको कमी भएका व्यक्तिहरूलाई क्यान्सर, उच्च रक्तचाप तथा

राजधानी काठमाडौँमै बर्डफ्लु

  कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिन बर्डफ्लुको सङ्क्रमण देखिएको पूर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौँमै बर्डफ्लु देखिएको

धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले