प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय गृहमन्त्री सिंहले ले गरे स्वागत

नयाँदिल्ली

 

प्रधानमन्त्री केपी ओली ४५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नयाँदिल्ली उत्रेका छन । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । राजकीय भ्रमणमा प्राय: राज्यमन्त्रीस्तरबाट नै स्वागत गर्ने चलन भए पनि प्रधानमन्त्री ओलीलाई प्राथमिकता दिँदै मन्त्रिपरिषद्का दोस्रो वरीयतामा रहेका मन्त्रीलाई विमानस्थल पठाएका हुन्।

 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछि ओलीलाई उच्चस्तरको सम्मान दिइएको हो। कोइरालालाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थल पुगेर स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सिंहले स्वागत गरेका हुन्। उनको स्वागतबाट स्पष्ट हुन्छ भारतको सन्देश नेपालको सुरक्षाको विषयमा बढी केन्द्रित हुनेछँ। भारतले नेपालमा सुरक्षा चासो देखाउदै आएको छ।ओलीको स्वागतमा गृहमन्त्री सिंहसँग, अर्थराज्यमन्त्री शिवप्रताप शुक्ल विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए।

 

त्यस्तै भारतका लागि नेपाली कार्यवाहक राजदूत भरतराज रेग्मीसहितको टोली पनि विमानस्थल पुगेको थियो। नेपाली समुदायको पनि भीड लागेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै जानसक्ने भनिए पनि आन्तरिक राजनीतिको कारण उनले गृहमन्त्रीलाई पठाएको बताइएको छ। भारतीय जनता पार्टिका अध्यक्षसमेत रहिसकेका सिंह नेपाल जानकार वरिष्ठ राजनीतिज्ञ हु्न। तीन तहको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गरेका ओली राजकीय भ्रमणका लागि दिल्लीको पाहुना बनेकाले पनि उनलाई दिल्लीले महत्व दिएको हो।

 

निकै प्रशन्न मुद्रामा देखिएका ओलीले सम्बन्धलाई सुदृढ र विश्वासीले बनाउन आवश्यक रहेको बताइरहेका थिए। यद्यपि उनी बाहिर अझै निस्केका छैनन्। केही त्यहाँबाट ओलीका सानो समूह राष्ट्रपति भवन र अन्य टोली होटल ताजमा जानेछन्। काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहितको सरकारी टोली ५४ बनेको छ। नेपाल वायु सेवा निगमको चार्टर उडानबाट शुक्रबार बिहान दिल्ली आइपुगेका हुन्।

 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरु र अन्य सल्लाहकारलगायत छन्। परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार नै अजरबैजानबाट दिउँसो तीन बजे दिल्लीमा आउनेछन्। प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै समकक्षी मोदीसँग संक्षिप्त भेटवार्ता गर्नेछन्। उक्त भेटमा शनिबारको औपचारिक छलफलमा हुने विषयहरु केही तय हुनसक्ने अधिकारीहरुले बताएका छन्। उनले आजै भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई पनि भेट्ने कार्यक्रम छ। 

प्रतिकृया दिनुहोस

चितवन दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु र घाइतेको संख्या १८ पुग्यो

  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा

गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिता घोषणा

  नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा