काठमाडौंमा जुवाडेको बिगबिगी - चार दिनमा ३८ जुवाडे पक्राउ परे

पछिल्लो चार दिनमा काठमाडौंबाट ३८ जना जुवाडे पक्राउ परेका छन् । बिहीबार, शुक्रबार र शनिबार काठमाडौंका विभिन्न ठाउँबाट ३ लाख  ६१ हजार रुपैयाँसहित ३८ जना जुवाडे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएको बिहीबार बौद्धबाट ७७ हजार रुपैयाँसहित तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

 

यस्तै शुक्रबार स्यूचाटारबाट २८ हजार रुपैयाँसहित ६ जना र कुलेश्वरबाट ४४ हजार रुपैयाँसहित ८ जना पक्राउ परेका थिए  । शनिबार कलंकीबाट १ लाख ४४ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका थिए भने शनिबार नै गोगंवुको १ होटलबाट ५७ हजार रुपैयाँसहित ५ जना पक्राउ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेल्नेहरुविरुद्ध खोजी र कारवाही अभियान तिव्र पारिएको पनि काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सरकारले ‘सिन्डिकेट’ खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरे

  सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीहरुले बुधबार राजधानीमा संयुक्तरुपमा

वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको

काठमाडौं दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ । हेल्थ

७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना गर्ने निर्णय

  जिल्लामा रहेका शिक्षा कार्यालय खारेज गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना