गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

      

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । उसका लागि एवी डिभिलिर्सले ४४ थता ब्रान्डन म्याक्कुलमले ४३ र मन्दिप सिंहले ३७ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३१ रनको योगदान गरे ।

 

बलिङतर्फ कोलकाताका नितेश राना र विनय कुमारले दुई–दुई विकेट लिए । जवाफमा कोलकाताले घरेलु दर्शकमाझ १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कोलकाताको जितमा म्यान अफ द म्याच बनेका सुनिल नारायनले विस्फोटक ५० रन बनाए । उनले १९ बलमा चार चौका र ५ छक्काको मद्दतले अर्धसतक बनाए । यस्तै कप्तान दिनेश कार्तिकले ३५ तथा नितेश रानाले २४ रन थपे । बलिङतर्फ क्रिस ओक्सले तीन तथा उमेश यादवले दुई विकेट लिए ।

 

प्रतिकृया दिनुहोस

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल

विश्वकप फुटबलको खेलतालिका - नेपाली समयअनुसार

यहि जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले