एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्

लन्डन 

 

महिलाहरू थुतुनी हुन्छन् अर्थात धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्, जबकी पुरुषका लागि यो तथ्यांक १३ हजार शब्द प्रतिदिनमा सीमित छ । महिला धेरै बोल्नुका वैज्ञानिक कारण पनि रहेको बताइएको छ । अमेरिकाका म्यारिल्यान्ड युनिभर्सिटीका विशेषज्ञका अनुसार महिलाको दिमागमा ‘फोक्सपटु’ नामक केमिकल धेरै मात्रामा हुन्छ । ‘फोक्सपटु’ एक किसिमको भाषा प्रोटिन हो ।

 

यही प्रोटिनका कारण पुरुषभन्दा महिला बढी बोल्न सुरु गर्छन् । न्युरोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टका अनुसार यही प्रोटिनका कारण महिलाहरूको शब्दकोष धेरै भएको हो ।यस्तै ‘साइन्टिफिक रिपोर्टस’ मा प्रकाशित एक अध्ययनमा कामकाजी महिला खाना र खाजा खाने वेला बढी बोल्ने गरेको उल्लेख छ । यस्ता महिला अफिस आउँदा जाँदा अपरिचित मानिससँग पनि बोल्छन् ।साइन्टिफिक रिपोर्टसले सोसियोमिटर्सको सहयोगले यो अध्ययन गरेको हो । 

 

सोसियोमिटर हातमा बाँधिने स्मार्टफोन जत्रो डिभाइस हो, जो प्रयोगकर्ताको बोलाइको वास्तविक समयको डाटा जुटाउँछ । यो सबैकाभन्दा भिन्दै टाइमडट कमको एक रिपोर्टले चाखलाग्दो खुलासा गरेको छ । यहाँ सात युनिभर्सिटीको फ्याकेल्टी मिटिङको रेकर्ड हेरेपछि अफिस र मिटिङमा पुरुष धेरै र महिला कम बोल्ने गरेको पाइएको छ । यस्ता मिटिङमा महिलाले बोलेका सबैभन्दा लामा वाक्य पुरुषले बोलेका सबैभन्दा साना वाक्यभन्दा कम थिए । तर, मिटिङबाट बाहिर निस्कनासाथ धेरै कमेन्ट गर्ने भने महिला नै पाइएका छन् ।

प्रतिकृया दिनुहोस

सिन्धु घाँटी सभ्यता देखि अल्टामिराको गुफा

  अहिलेको वैज्ञानिक युगले मानिसलाई धेरै किसिमका आविष्कार दिएको छ । हामीभन्दा धेरै टाढा रहेको चन्द्रमामा मानिसका पाइला पुगेसके भने मंगल ग्रहमा

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ। नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख

फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने