स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन राजधानीमा शुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन चैत २८ बाट राजधानीमा शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुने दुई दिने उक्त सम्मेलनमा देशभरबाट १ हजार स्वास्थ्य बैज्ञानिकहरुको सहभागीता रहेको छ । सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले गरेकी छन् । सो अवसरमा बोल्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य अनुसन्धानका विषयलाई प्रभावकारी ढंगले अघि बढाउन अहिलेको आवश्यकता रहेको बताइन । उनले अनुसन्धानलाई प्रदेश तहमा विस्तार गर्न जोड दिइन ।

 

सम्मेलनको यसपटकको नारा बदलिदो स्वास्थ्य प्रणालीको लागि उच्चस्तरीय अनुसन्धान भन्ने रहेको छ । अघिल्ला सम्मेलनमा विदेशबाट समेत बैज्ञानिकहरु आउने गरेपनि यसपटक स्वदेशी बैज्ञानिकहरुको मात्रै सहभागिता रहेको छ । परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले यसपटकको सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ६५ वटा मौखिक प्रस्तुति र ६७ वटा पोष्टर प्रस्तुति रहने बताए ।

 

त्यसैमा आमन्त्रित विज्ञहरुबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिका बारेमा जानकारी, नसर्ने रोग र गरीवीको बारेमा ८ वटा कार्यपत्र प्रस्तुत हुने उनले बताए । परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार सम्मेलन नसर्ने रोग, पोषण र खाद्य सुरक्षा, प्रजनन लैगिंक र मातृ स्वास्थ्य, मानसिक स्वास्थ्य, वित्त, प्रशासन र स्वास्थ्य प्रणालीको बारेमा केन्द्रीत रहने छ ।

 

त्यसैगरी नवजात शिशु, किशोर किशोरीको स्वास्थ्य तथा लैगिक हिंसा, बाताबरणीय पेशागत र सहरी स्वास्थ्य, सरुवा रोग तथा अन्य विषयका विधाहरुमा प्रस्तुति हुनेछ ।कार्यक्रमको समापनका दिन ७ जना उत्कृष्ठ अनुसन्धानकर्ताहरुलाई पुरस्कृत गरिने समेत बतताइएको छ । परिषदले पछिल्लो चार बर्ष देखि स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एकै ठाँउमा राखी भेलागरी स्वास्थ्य अनुसन्धानका बारेमा गहन बहस चलाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

शरीरमा गाँठोगुठ्ठि पलाएर हैरान हुनुहुन्छ ? यी अचुक उपाए अपनाउनुहोस

  हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ ।

नेपाल औषधि लिमिटेडको सिटामोल भोलिबाट बजारमा, कति मूल्य पर्छ ?

सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल भोलिबाट बजारमा जाँदैछ । गत फागुन ९ गतेबाट सिटामोल उत्पादन शुरु

वायू प्रदूषणका कारण वार्षिक ३५ हजार नेपालीको मृत्यु हुने गरेको

वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार