मैलुङ–स्याफ्रुबेसी सडक

 

काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग सडक निर्माण पूरा भएसँगै रसुवागढी देखि धादिङको गल्छीसम्मको दुरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौं सम्मको दुरी ५० किलोमिटर रहेको छ । काठमाडौंबाट चीनको केरुङ करीब ४ घन्टामा पुग्न सकिनेछ । वैशाख १, २०७५ नेपाली सेनाले निर्माणको गरिरहेको मैलुङ देखि स्याफ्रु सम्म डबल लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । १७ किलोमिटर सडक निर्माण सम्पन्न भए संगै गल्छी, त्रिशूली, बेत्रावती मैलुङ स्याफ्रुबेशी रसुवागढी सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएको छ । 

 

सडक खुलेको जानकारी दिन नेपाली सेनाको निर्माण कार्यदलले जिल्लाका पत्रकार, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, कालिजंगणका प्रमुख सेनानी, र नागरिक समाजका अध्यक्ष सहितको टोलीलाई शुक्रबार मैलुङदेखि स्याफ्रुबेसीसम्म मोटरमा यात्रा गराएको थियो । सडक निर्माण सम्पन्न भएपनि स्तरोन्नतिको काम बाँकी रहेको सडक निर्माण कार्यदलका प्रमुख एवंम प्राविधिक सेनानी संजय केसीले बताउनुभयो ।

 

अहिले केही ठाउँहरुमा ग्रेड कटिङ, मोड सुधार र टेवा पर्खाल लगाउने काम भइरहेको उहाँले बताउनुभयो । भौगोलिक अवस्था हेरी सडक ९ देखि ११ मिटर चौडा बनाइएको छ । सडक खुले पनि अहिले स्तरोन्नतिको काम भइरहेकाले तत्काल सवारी सञ्चालनका लागि भने अनुमति नदिइएको उहाँले बताउनुभयो । सडक निर्माण कार्यदलका प्रमुख एवंम प्राविधिक सेनानी केसीले स्तरोन्नतिको काम भइरहेकाले नेपाल सरकारलाई सडक हस्तान्तरण गर्नु पूर्व यातायात सञ्चालन गर्न रोक लगाएको बताउनुभयो । सो सडक बैशाख भरिमा नेपाल सरकारलाई हस्तान्तरण हुने सेनाले जनाएको छ ।

 

सरकारलाई हस्तान्तरण्त गरेपनि नवनिर्मित सडकमा दुई वर्षसम्म बर्खाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने निर्माण कार्यदलले जनाएको छ । बर्खाको समयमा पहिरो खस्ने तथा ढुङ्गाहरु झर्ने सम्भावना भएकाले बढी जोखिम हुने भएकाले सवारी साधन सञ्चालन गर्न जोखिम हुने सडक निर्माण कार्यदलका प्रमुख एवंम प्राविधिक सेनानी केसीले जानकारी दिनुभयो ।

 

सडक स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र सिभिल तर्फ ९० जना खटिएका छन् । निर्माण कार्यदललाई सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी सरकारले दिएको थियो । सेनालाई नेपाल सरकारले २०७२ सालको भूकम्प पछि १० किलोमिटर थप गरेर १७ किलोमिटर सडक डबल लेनको बनाउने जिम्मा दिएको थियो । भूकम्पले क्षति पुर्‍याएको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन गरी २३ किलोमिटर सडक निर्धारित समयमा नै निर्माण सम्पन्न भएको केसीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गर्न अहिले सम्म ६८ करोड ६९ लाख खर्च भइसकेको छ, अझै २ करोड अपुग रहेको छ ।’ निर्माण सुरु भएको केही समयमा अर्थात बैशाखमा १२ गते भूकम्प गएपछि निर्माण कार्य केही समय प्रभावित भएको थियो । भूकम्प र नाकाबन्दीले निर्माण कार्य प्रभावित भए पनि तोकिएको समयमा निर्माण सम्पन्न भएको छ । काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा मैलुङ स्याफ्रुबेशी सडक हुने छ । काठमाडौंबाट बेत्रावती धुन्चे हुँदै रसुवागढी जोड्ने सडकको दूरी १४५ किलोमिटर रहेको छ ।

 

काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी भने १२२ किलोमिटर मात्र हुने छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । पासाङ लाहामु मार्गको बेत्रावती देखि धुन्चे हुँदै स्याफ्रुबेसी ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ भने बेत्रावतीदेखि मैलुङ हुंदै स्याफ्रु सम्म पुग्न गाडिलाई कुनै पनि घुम्ती पार गर्नुपर्दैन । उक्त सडक दक्षिण एसिया जोडने लाइफ लाइनको रुपमा रहने छ ।

 

गल्छि, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । अहिले संचालमा रहेको पासाङल्हामु मार्गको बेत्रावती, कालिकास्थान, धुन्चे स्याफ्रुबेसी सडक भन्दा बेत्रावती, मैलुङ, स्याफ्रुबेसी सडक २५ किमि छोटो रहेको छ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । सेनाबाट सडक हस्तान्तरण गरेपछि सडक विभागले कालोपत्रेको काम अघि बढाउने छ ।

 

सडक निर्माण पूरा भएसँगै रसुवागढी देखि धादिङको गल्छीसम्मको दुरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौं सम्मको दुरी ५० किलोमिटर रहेको छ । काठमाडौंबाट चीनको केरुङ करीब ४ घन्टामा पुग्न सकिनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रबेसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दुरी दुई सय ३० किलोमिटर हुनेछ ।

 

- बलराम घिमिरे

प्रतिकृया दिनुहोस

अखिल नेपाल किसान महासंघ गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा  अखिल नेपाल किसान महासंघ नुवाकोटको गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न

धादिङ — गल्छी–त्रिशूली आयोजनाको मुआब्जा वितरणका विषयमा विवाद उत्पन्न भएको छ । आयोजना निर्माण आरम्भ हुनुअगावै मुआब्जा वितरण गर्ने जनाएको निर्माण

नुवाकोटमा तीन सातादेखि टेलिफोन अवरुद्ध

नेपाल टेलिकमको तारमा क्षति हँुदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा