पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

 

पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा भने त्यति राम्रो भएन । अनमोल केसी स्टारर फिल्म 'गाजलु' बाट भित्रिएकी सृष्टि श्रेष्ठलाई भने फिल्म केही फापेको जस्तो देखिएको छ । तर, उनको दोस्रो फिल्म कहिले आउँछ अझै अन्योलमा छ ।

 

यसैबीच, २०१७ की मिस नेपाल निकिता चण्डकले पनि फिल्ममा डेब्यु गरेकी छिन् ।  उनले गर्ने फिल्मको नाम हो ‘रानीमहल’ । यसअघि उक्त फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । उनले फिल्मबाट हात झिकेपछि निकिता भित्रिएकी हुन् । सम्भवतः पहिलो पटक मिस नेपालको १ वर्षे कार्यकाल सकिए लगत्तै फिल्ममा भित्रिने उनी पहिलो हुन् । खबरअनुसार, आइतवार उनीसँग निर्माण टिमले औपचारिक कागजी सम्झौता गरिसकेको छ ।

 

केही दिन भित्रै निकिताले वर्कशप ज्वाइन गर्ने बताइएको छ । फिल्मका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माण पक्षको छ । यस्तै, प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ । साइन गरिसकेपछि प्रशान्तले पनि यो फिल्म बीचमै छाडेका थिए । हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्म रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । यसमा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ । 

प्रतिकृया दिनुहोस

बलिउडका प्रख्यात निर्देशक सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे

       बलिउडका प्रख्यात निर्देशक तथा पटकथाकार तथा निर्माता सुवास घईले काठमाडौंको नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरे। उनले ओशो तपोवनका

छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिए

  दिपकराज गिरी र दीपाश्री निरौला फिल्म छक्का पन्जा ३ बाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर