कोलकातासँग दिल्ली ७१ रनले पराजित

          vivo ipl 16th april 2018 knr vs ddको लागि तस्बिर परिणाम

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई फराकिलो हारको स्वाद चखाएको छ । इडेन गार्डेनमा भएको भिडन्तमा २०१ रनको चुनौती पछ्याएको दिल्ली १४.२ ओभरमै अलआउट हुँदै १२९ रनमा समेटिएपछि ७१ रनको पराजय भोग्न बाध्य भएको हो । 

 

दिल्लीका लागि गेलेन म्याक्सवेलले २२ बलमा सर्वाधिक ४७ रनको योगदान दिए । त्यसैगरी रिसभ पन्तले २६ बलमा ४३ रन जोडे । दिल्लीका कप्तान गौतम गम्भीरको पूर्वक्लबविरुद्धको प्रदर्शन विसर्न लायक रह्यो । उनले ७ बलमा ८ रन मात्रै जोड्दै पेभेलियन फर्किए । दिल्लीको तर्फबाट आजको खेलमा पनि नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अवसर पाउन सकेनन् ।

 

दिल्लीका अन्य बलर पनि कोलकातालाई ठुलो स्कोर बनाउनबाट रोक्न असफल रहे । कोलकाताका लागि कुलदीप यादव र सुनिल नारिनले समान तीन–तीन विकेट लिन सफल भए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले घरेलु मैदानमा पुरै २० ओभर खेल्दै २०० रन बनाएको थियो । यो स्कोरका लागि नितिश रानाले सर्वाधिक ५९ रन बनाए ।

 

आन्द्रे रसेलले ४१ र रभिन उथप्पाले ३५ रनको योगदान दिए । क्रिसले लेएनको नाममा ३१ रन रह्यो । पराजित दिल्लीका लागि राहुल टिवैटाले ३ विकेट लिन सफल भए । त्यसैगरी बोउल्ट र क्रिस मोरिसको नाममा २–२ विकेट रह्यो । दिल्लीको यो तेस्रो हार हो । चार खेल खेलेको दिल्ली ३ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसहित तालिकाको पुच्छरबाट दोस्रो स्थानमा छ । सबैभन्दा पुच्छरमा मुम्बई इन्डियन्स सबै तीन खेल गुमाउँदै अंकविहीन छ । 

प्रतिकृया दिनुहोस

आइपीएलमा दिल्लीको पहिलो जित

नयाँदिल्ली      इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले

गएराति भएको खेलमा कोलकाताले बेङ्लोरलाई ४ विकेटले हरायो

       इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ ।कोलकाताको इडेन गार्डेनमा भएको

थ्रीस्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा

  मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्री–स्टार क्बल विराटनगरमा जारी पाँचौ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सहिद रंगशालमा बिहिबार साँझ