अखिल नेपाल किसान महासंघ गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा  अखिल नेपाल किसान महासंघ नुवाकोटको गाउँपालिका स्तरिय भेला पञ्चकन्याको वडा नं ३ लाकुरिभन्ज्याङमा सम्पन्न भएको छ । उक्त भेलामा प्रमुख अतिथि नेकपा एमालेका पुर्व सांसद तथा ३ नं प्रदेश कमिटी एमाले आर्थिक बिभाग प्रमुख राजेन्द्रप्रकाश लोहनी रहनुभएको थियो ।

 

उहाँले किसान भेलालाई सम्बोधन गर्दै कृषकहरु उत्पादनमा लाग्नुपर्ने र किसानको लागि स्थानीय तहले कृषि क्षेत्रको बिकासमा जोड दिनुपर्ने, बैदेशिक रोजगारीमा जानेलाई सरकारले कृषि पेसामा लाग्न प्रेरणा दिनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा अतिथिहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य श्रीकृष्ण खतिवडा, दिनेस अधिकारी, दिपक कार्की, बासु कटुवाल, बिन्दा बिक, पञ्चकन्या गाउँपालिका वडा नं २ का अध्यक्ष धुर्व मिश्र, नेकपा एमाले नुवाकोट-काठमाडौ सम्पर्क मञ्चका कोषाध्यक्ष रामनाथ खनाल, अखिल नेपाल किसान महासंघ नुवाकोट जिल्ला अध्यक्ष यमकुमार खाति, नेकपा एमाले पञ्चकन्या गाउँपालिका कमिटी सल्लाहकार लेखप्रसाद बोहरा रहनुभएको थियो ।

 

उहाँहरुले मन्तब्य राख्दै किसानहरु सगठित भई उत्पादनमा लागि राज्यले किसानको लागि नेपाल सरकारबाट अनुदान र कृषि कार्यक्रमका बजेट सहि सदुपयोगमा लगाई आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभएको थियो । उक्त भेलाले गोकर्ण भण्डारीको संयोजकत्वमा २५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । किसान भेला अर्जुन कार्कीको सभापतित्वमा भएको थियो भने कार्यक्रम सञ्चालन पशुपति थापाले गर्नु भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास