सरकारले ‘सिन्डिकेट’ खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरे

 

सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीहरुले बुधबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी विरोध गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यातायात व्यवसायीको संघ–संस्थालाई जिप्रकामा नवीकरण नगर्ने र दर्ता रोक्ने निर्णय गरेको थियो । व्यवसायीहरुले यातायात क्षेत्रमा आफूहरुले सिन्डिकेट प्रणाली नलगाएको भन्दै सरकारले मध्यम वर्गीय जनताको लगानीलाई खोस्न खोजेको आरोप लगाए ।

 

व्यवसायीहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे देशभरि नै आन्दोलन चर्काउने चेतावनी दिएका छन् । भोलि बिहीबार देखि संयुक्तरुपमा नै आन्दोलनको तयारी गरेका व्यवसायीहरुले वैशाख २१ गतेदेखि भने गाडीहरु नचलाउने र मागको सम्बोधन नभए वैशाख २७ गतेदेखि देशभर नै सार्वजनिक सवारी–साधन नचलाउनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव खुर्कोटमा फेला पर्यो

सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी

लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा तस्करको पहिलो रोजाइ

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय

विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल