पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याउने बैज्ञानिक कारण के होला ?

हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको मनमा उठने प्रश्न हो तर हामि यसको कारण खोज्न तिर लाग्ने भन्दापनि रुडिबादि परम्परा होला भनेर भनिदिन्छौ ।

 

खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको र अन्धविश्वास भनेर टार्न त सकिएला तर यसको बैज्ञानिक कारण पनि छ । वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ र तपाई बस्ने वरिपरिको बाताबरण स्वच्छ बनाउँदछ ।

 

सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन् । कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ । यसले मूड पनि फ्रेश गराउँछ र हाम्रा घर वरिपरि भएका किराहरु भगाउँदछ । यस्ता कागती एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्छ । हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ ।

 

कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् । एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ । आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस् । यो देखावटीको वस्तु होइन, स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

प्रतिकृया दिनुहोस

सिन्धु घाँटी सभ्यता देखि अल्टामिराको गुफा

  अहिलेको वैज्ञानिक युगले मानिसलाई धेरै किसिमका आविष्कार दिएको छ । हामीभन्दा धेरै टाढा रहेको चन्द्रमामा मानिसका पाइला पुगेसके भने मंगल ग्रहमा

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ। नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख

फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने