चीनलाई उपहार दिन लागिएको एकसिंगे गैँडाका लागि खोर बनाउने काम तीव्र गतिमा

चीनलाई उपहार दिन लागिएको एकसिंगे गैँडाका लागि चितवनमा खोर बनाउने काम तीव्र गतिमा भइरहेको छ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरूप दुई जोडी गैँडा दिने निर्णय गत वर्ष नै भएको थियो । चितवन राष्ट्यि निकुञ्ज भित्रको अमलटारी आसपासबाट गैँडा समातन आन्तरिक अध्ययनको सबै काम पूरा भएको जानकारी निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले दिए ।



गत मगलबार चीनबाट एकजना पशु चिकित्सक गैँडा  समातने प्रक्रियाको तयारीका लागि चितवन पुगेका छन् । चीनबाट दुईजनालाई गैँडा नियन्त्रणमा लिइएको दृश्य हेर्न निमन्त्रणा गरिएको थियो ।  अर्को चिनीया टोली भने आगामी जुनमा आउने योजना छ । गैँडा कसरी समातिन्छ ,कस्तो ठाउँ बस्छ, बिहान र बेलुका के खान्छ भन्ने लगायतका जानकारी लिन चिनीया पशु चिकित्सक नेपाल आएका हुन् ।

 

गैँडाको स्याहार र खानपानमा विशेष ध्यान दिनका लागि उनीहरूले नेपाली टोलीबाट विभिन्न जानकारी लिनेछन् । गैँडाको हस्तरण पूर्व जंगलमा बसेको गैँडाको आनिबानी र खानपिन तथा व्यवाहार परिवर्तनका लागि खोरमा राखेर अध्ययन गर्ने तयारी पनि नेपाली र चिनीया टोलीले गरेका छन् । गैँडा राख्नका लागि अहिले चितवन राष्ट्रिय निकुञ्ज भित्र एउटा खोर (इन्क्लोजर) पूर्ण रूपमा तयार भइसकेको छ भन्ने अर्का खोर धमाधम बनिरहेको छ ।

 

एउटा खोर भित्र एउटा मात्र गैँडा राखिने छ । गैँडाका लागि बस्न सजिलो हुने प्रकारको खोर निर्माण गरिन्छ । जसमा राखेरै ती गैँडालाई चीनसम्म पुर्‍याइन्छ । आउँदो दुई साताभित्रमा गैँडा समातने काम सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको जानकारी अर्यालले दिए । गत साल कात्तिक महिनामा भएको चीन नेपाल बैठकमा गैँडा हस्तान्तरण गर्ने सहमति भई प्रक्रिया अघि बढाइएको थियो ।  सो अवसरमा चीनबाट आएको सातजना अधिकारीसमेतको टोलीले चितवन राष्ट्रिय निकुञ्ज घुमेर वस्तुस्थितिको जानकारी लिएर स्वदेश फर्किएको थियो ।

 

सबैभन्दा पहिले गैँडाको लिंग पहिचान गरी सुरुमा निकुञ्जको पोथी गैँडा समात्ने योजना छ । यसको लागी प्राविधिक,पशु चिकित्सक र हात्ती परिचालन पनि गरिन्छ । नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असार २६ गते अधिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैँडा उपहार दिएको थियो ।

प्रतिकृया दिनुहोस

‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’- राज्यमन्त्री बाँस्कोटा

  नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा

मंगलबारदेखि कार्यालय समयमा मन्त्रालयमा फेसबुक नचल्ने

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाउने भएको छ। कर्मचारीहरु जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन

आजको दिन, दिन र रात बराबर हुने

  आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण