कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउने

यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्टुमेण्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशन बमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

कार्यक्रममा प्रजिअ एवं जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरेर भक्तपुरमा कक्षा ११ र १२ को परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्न सरोकार भएका सबैलाई आग्रह गरे । परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौँंका प्रमुख जंगबहादुर अर्यालले परीक्षाको आचारसंहिता पूर्णरुपमा पालना गर्दै काम गर्न आग्रह गरे । 

 

जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख अर्जुन रायमाझीले नयाँ संरचनामा सबैको चासो रहने कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउन सरोकार भएका सबैको उत्तिकै जिम्मेवारी रहेको बताए । 

प्रतिकृया दिनुहोस

प्रहरीबाट विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे पढाइ

ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ। तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्।

पोलिलिटेक्निकल इन्स्टिच्युट निर्माणका लागि स्थानीयवासीले निःशुल्क ७० रोपनी जग्गा प्रदान गरे

  वालिङ पोलिटेक्निकल इन्स्टिच्युट निर्माणका लागि यहाँका स्थानीयवासीले निःशुल्क ७० रोपनी जग्गा प्रदान गरेका छन् । वालिङ नगरपालिका वडा नं। १३ का

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बरले वृद्धि गरिएको घोषणा

पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालै