श्रृंखला खतिवडाले फिल्ममा आउने सोच नबनाएको बताईन्

मिस नेपाललाई सरकारले नै बुझेन : मिस नेपाल श्रृंखला खतिवडा

पछिल्लो समय फिल्ममा प्रवेश गर्ने मिस नेपालहरुको संख्या बढ्दो छ । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशी, सृष्टि श्रेष्ठसम्मले नायिकाको सूचीमा आफ्नो नाम लेखाइसकेका छन् । २०१७ की मिस नेपाल निकिता चण्डक पनि फिल्म 'रानीमहल' बाट डेब्यू गर्दैछिन् ।

 

तर, मिस नेपाल– २०१८ को उपाधि हात पारेकी श्रृंखला खतिवडाले भने फिल्ममा आउने सोच नबनाएको बताएकी छिन् । आफ्नोे गृहजिल्ला हेटौंडामा पत्रकारसँग कुराकानी गर्दै आफूलाई अभिनय र नाच्न नआउने भएका कारण फिल्म नगर्ने बताइन् । आर्किटेक्टको विद्यार्थी भएकाले उक्त पेशामै अघि बढ्ने उनको सोच छ ।

 

उनी भन्छिन्, 'मेरो पृष्ठिभूमि फरक छ । म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा अगाडि बढ्छु ।' परिवार सक्रिय राजनीतिमा रहे पनि आफू राजनीतिमा पनि नआउने मिस नेपाल खतिवडाले स्पष्ट पारिन् । उनका बुबा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् । 

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘दि कर्मा’ भदौमा रिलिज हुने

नेपाली चलचित्र ‘दि कर्मा’मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्ग भित्रिएका छन् । चलचित्रको छायांकन सकेर

महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर

                                 आमीर खानले बनाउने फिल्म महाभारतमा सलमानलाई कृष्णको रोलमा अफर गरिएको छ । सलमानले कृष्णको रोल कसले गर्ने

‘बुट्टे चोलीमा’ गीतको भिडियो सार्वजनिक

गीतसंगीतमै केही गरौं भन्ने उद्देश्यसहित अगाडि बढिरहेका नवगायक सञ्जिव बस्नेत दर्शक तथा श्रोताका लागि ‘बुट्टे चोलीमा’ लिएर आएका छन् । उनले आफ्नो