भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका क्रममा चीन पुगे

 

छिमेकी देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो २ दिने भ्रमणका क्रममा अर्को छिमेकी मुलुक चीन पुगेका छन् । सन् २०१४ मा सत्तामा आएपछिको मोदीको यो चौथो चीन भ्रमण हो । यसपटक दुवै देशको सीमाक्षेत्र दोक्लाममा देखिएको विवाद समाधानबारे ठोस पहल गर्ने बताइएको छ । मोदीको यसपटकको भ्रमणका क्रममा भारत र चीनको सीमा क्षेत्रको समस्या समाधान खोज्नुका साथै दुवै देशले क्षेत्रीय मुद्दाहरुलाई सम्बोधनको प्रयास गर्ने बताइएको छ । मोदीले आज दिउँसो चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

               modi visit chinaको लागि तस्बिर परिणाम

प्रधानमन्त्री मोदी र जिनपिङबीच हुने शुक्रबारको शिखर वार्तालाई ‘दिल–दिल जोड्ने पहल’को संज्ञा दिइएको छ । मोदीलाई आजको दिउँसोको खानापछि जिनपिङले हुबई प्रान्तस्थित एक ऐतिहासिक तथा सांस्कृतिक संग्रहालयको भ्रमण गराउने र त्यसपछि दुवै नेताबीच गहन वार्ता हुने बताइएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच दुई देशबीच रहेका विविध समस्यामाथि छलफल हुने तथा तथा समस्याको हल निकाल्ने दाबी गरिएको छ । 

 


यसैबीच, दुई देशका शीर्ष नेता बीच आज वार्ता हुनु अघि भारतीय वायुसेना प्रमुखले सीमा क्षेत्रमा चीनले शैन्य शक्ति बढाइरहेको बताएका थिए ।भारत र चीनबीच विभिन्न मुद्धामा असमझदारी बढेका बेला मोदीले गरेको चीन भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।  यसैबीच, प्रधानमन्त्री मोदी चीनबाट फर्किए लगत्तै नेपालको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उनी यही बैशाख २८ गते नेपाल भ्रमणमा आउने छन् । 

प्रतिकृया दिनुहोस

एक घरमा ११ जनाको शव फेला

                              नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार