नेपाल हब्र्स आयुर्वेदा एक्स्पो बैशाख २१ गतेबाट

नेपाल हर्ब्स  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आगामी शुक्रबारदेखि आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योगबाणिज्य महासंघसँग सह–आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्न लागेको हो ।

 

‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम’ भन्ने नारा सहित यहिँ बैशाख २१ देखि २३ सम्म यस संघले मेला आयोजना गर्न लागेको जनाएको छ ।

 

मेला भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्रमा हुने संघले जनाएको छ । प्रत्येक वर्ष राष्ट्रिय जडीबुटी मेला नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा गर्दै आएको मेला यसपटक पनि सरकारी तबरको सहयोगमा मेला सम्पन्न हुने बताइएको छ ।

 

यस मेलाले नेपालमा उत्पादित औषधि जन्य जडिबुटीवाट निर्मित वस्तुहरुको पहिचान र व्यापार बृद्धिका लागि ठूलो मद्धत पुग्दै आएको छ । नेपालको मौलिक वस्तुमा बिषेश महत्व र ग्रामिण क्षेत्रका समुदायहरुको आर्थिक उपार्जनकालागि ८० प्रतिशत जनताको स्वरोजगार तथा आयश्रोत जडीबुटी क्षेत्रले नै ओगटेको अवस्थामा यसको महत्व र यसले अर्थतन्त्रमा पार्ने सकारात्मक असर निकै धेरै रहेको छ ।

प्रतिकृया दिनुहोस

चितवनको कृषि क्षेत्रमा हावाहुरीले करोडौँको क्षति

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

अपांगता भएकालाई आयआर्जनका लागि वडाले बाख्रा वितरण गर्यो

  तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि

टनेलभित्र बेमौसमी तरकारीको खेती

धादिङ   थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस