फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने

flowers of nepalको लागि तस्बिर परिणाम

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।  यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् । 

flowers of nepalको लागि तस्बिर परिणाम

विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । “औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,”– उहाँले भन्नुभयो ।  नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सिन्धु घाँटी सभ्यता देखि अल्टामिराको गुफा

  अहिलेको वैज्ञानिक युगले मानिसलाई धेरै किसिमका आविष्कार दिएको छ । हामीभन्दा धेरै टाढा रहेको चन्द्रमामा मानिसका पाइला पुगेसके भने मंगल ग्रहमा

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ। नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख

पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याउने बैज्ञानिक कारण के होला ?

हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको