राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै दिल्ली पुछारबाट २ स्थान माथि उक्लियो

बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई डकवर्थ लेविस(डिएल)को आधारमा ४ रनले पराजित गर्दै दिल्लीले पुछारबाट २ स्थान माथि उक्लिएको हो। घरेलु मैदान फिरोज साह कोट्ला स्टेडियममा बर्षाले प्रभावित खेलमा दुई पटक ओभर छोट्टाईएको थियो। टस हारेर दिल्लीले ब्याटिङको निम्तो पाउँदा पानी परेपछि पहिलो चोटी १८ अोभरमा खेल छोट्याइयो। तर, १७.१ अोभरमा पुन: पानी परेपछि त्यसबेला दिल्लीले ६ विकेट गुमाइ १ सय ९६ रन जोड्यो। 

dd vs rrको लागि तस्बिर परिणाम

वर्षाले खेल रोकिनुअघि दिल्लीका लागि ऋशब पन्तले ६९ रनको पारी खेलेका थिए। २९ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै कप्तान श्रेयस आयरले ५० रनको अर्धशतकीय पारी खेले भने अोपनर पृथ्वी शाले ४७ रन जोडे। जुन दिल्लीको जितको अाधार बन्यो।  वर्षाले रोकिएको खेल पुन: सुरु हुँदा १२ अोभरमा राजस्थानलार्इ १ सय ५१ रनको दिइयो।

 

सो लक्ष्य पछ्याउने क्रममा राजस्थानले ५ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सकेपछि खेल दिल्लीले ४ रनको झिनो अन्तरले जित्यो। राजस्थानका जोस बट्लरले ६७ तथा म्याथ्यु शर्टले ४४ रन बनाएका थिए। दिल्लीका ट्रेन्ड बोउल्टले २ तथा अमित मिश्रा र ग्लेन म्याक्स्वेलले समान १ – १ विकेट लिए। खेलअघि पुछारमा रहेको दिल्ली यो जितसँगै लिगको छैटौं स्थानमा समेत उक्लिएको छ।

      dd vs rrको लागि तस्बिर परिणाम

दिल्लीले ८ खेलबाट ३ जित र ५ हारसहित ६ अंक जोडेको छ। पराजित राजस्थान ८ खेलबाट ६ अंकसहित लिगको सातौं स्थानमा झरेको छ।  लिगको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सको ८ खेलबाट १२ अंक रहेको छ। दोस्रो स्थानमा सनराईजर्स हैदरावादले पनि ८ खेलबाट १२ अंक जोडेको छ। तर, हैदरावाद रन रेटमा चेन्नईभन्दा पछि छ। लिगमा १० अंक जोडेको किंग्स इलाभेन पन्जाब तेस्रो स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल