अपांगता भएकालाई आयआर्जनका लागि वडाले बाख्रा वितरण गर्यो

 

तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताउनुभयो । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गर्नुभएको हो ।

 

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिनेसमेत बताउनुभयो । कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गर्नुभयो । आफू अपांग भएपनि बाख्राको पालनपोषणमा कुनै कमी हुन नदिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

चितवनको कृषि क्षेत्रमा हावाहुरीले करोडौँको क्षति

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

नेपाल हब्र्स आयुर्वेदा एक्स्पो बैशाख २१ गतेबाट

नेपाल हर्ब्स  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आगामी शुक्रबारदेखि आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योगबाणिज्य

टनेलभित्र बेमौसमी तरकारीको खेती

धादिङ   थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस