डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ। नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाको गणना सुरु गरिएको हो। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्जले गणना सुरु गरेको छ। विश्व वन्यजन्तु कोष,शे-फोक्सुन्डो निकुञ्ज, हिउँ चितुवा संरक्षण समितिसहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिंडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताए।

 

चौधरीका अनुसार अध्ययन टोलीले एक महिना लगाएर हिउँ चितुवाको गणना गर्नेछ। क्यामेरा ट्रयाप र दोहोरो गणना विधिद्धारा गणना गरिनेछ, हिउँ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) समेत गणना गरिने जानकारी दिए।  अध्ययन टोलीले २२ वैशाखमा हिउँ चितुवा र नावर पाइन विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन सुरु गर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिए।

 

एक महिना समय लगाएर गरिने गणनामा लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाको संख्यात्मक वृद्धि वा घटेको बारेमा टोलीले अध्यायन प्रतिवेदन काठमाडौं फर्केपछि सार्वजनिक गरिने निकुञ्जको कार्यालयले जनकारी दिखएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज संरक्षण वन क्षेत्र धेरै हिउँ चितुवा पाइने स्थानमा पर्दछ।निकुञ्जको  वार्षिक प्रतिवेदनका अनुसार शे-फोक्सुण्डो वन क्षेत्रमा एक सय तीसको संख्यामा हिउँ चितुवा रहेको र यो संख्या नेपालका निकुन्जमध्ये सबैभन्दा बढी हो।

 

नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुन्जको शे-फोक्सुण्डो निकुन्जमा हिय चितुवा,कस्तुरी,मृगजस्ता अत्यन्तै दुर्लभ बन्यजन्तुलगायत ३२ प्रजातिका स्तनधारी,२ सयभन्दा बढी प्रजातीका चरा, २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीव र विभिन्न ४ सय १७ प्रजातिका बनस्पतिको आश्रम स्थलको रुपमा समेत शे–फोक्सुण्डो परिचित छ। यसभन्दा पहिले डोल्पाकै सुरज उपाध्यायले गरेको अध्ययनअनुसार डोल्पामा सबैभन्दा धेरै घनत्वमा हिउँ चितुवा पाइने तथ्यांक सार्वजानिक गरेका थिए। 

 

-टेकबहादुर शाही (अन्नपूर्ण पोष्ट)

प्रतिकृया दिनुहोस

सिन्धु घाँटी सभ्यता देखि अल्टामिराको गुफा

  अहिलेको वैज्ञानिक युगले मानिसलाई धेरै किसिमका आविष्कार दिएको छ । हामीभन्दा धेरै टाढा रहेको चन्द्रमामा मानिसका पाइला पुगेसके भने मंगल ग्रहमा

फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने

पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याउने बैज्ञानिक कारण के होला ?

हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको