सिन्धु घाँटी सभ्यता देखि अल्टामिराको गुफा

 

अहिलेको वैज्ञानिक युगले मानिसलाई धेरै किसिमका आविष्कार दिएको छ । हामीभन्दा धेरै टाढा रहेको चन्द्रमामा मानिसका पाइला पुगेसके भने मंगल ग्रहमा बस्ती बसाल्ने कुरा आइरहेका छन् । यसरी समय पहिलाको भन्दा धेरै अगाडि बढिसकेको छ । मानिस आधुनिक युगको होडबाजीमा लागिपरेका छन् ।

 

जसले पहिलाका कतिपय ऐतिहासिक कुरा हराउँदै गएका छन् । आज यो हालतमा आउन पहिलेका पुस्ताले के के कति गरेका थिए भन्ने कुरामा मानिसको त्यति रुचि पाइँदैन । तैपनि कुनैसमयमा के कस्ता गतिविवि भएका थिए भन्ने पुरातात्विक खोजसँग सम्बन्धित केही कुराको जानकारी हामी पनि राखौँ ।

 

सिन्धु घाँटी सभ्यता, भारत–पाकिस्तान

              à¤¸à¤¿à¤¨à¥à¤§à¥ घाँटी सभ्यता, भारत–पाकिस्तानको लागि तस्बिर परिणाम


सिन्धु घाँटी सभ्यताको खोजले भारतको इतिहासलाई नै बदलिएको थियो । यो प्राचीनतम सभ्यतामध्येको एक मानिन्छ । यो सभ्यता इसापूर्व ३३००–१३०० को मानिन्छ । मोहनजोदाडोमा भेटिएको अन्नागार सायद सिन्धु सभ्यताको सबैभन्दा ठूलो महल थियो । मोहनजोदाडोमा पाइएको स्नानाघर एक प्रमुख स्मारक मानिन्छ । यो ११ दशमलव ८८ मिटर लामो तथा सात मिटर चौडा थियो ।  सिन्धु घाँटीको सम्भताको खोज सन् १९२१ मा रायबहादुर दयाराम साहनीले गरेका थिए ।

 

यो एक ठूलो नदी घाँटी मानव सभ्यता थियो । जुन प्रमुख नदीको किनारमा अवस्थित थियो । अर्काेतर्फ यस सभ्यताको खोजका मूल श्रेय जोन विलियम ब्रंटमलाई जान्छ । उनले सन् १८५६ मा कराँचीबाट लाहोरसम्मका लागि रेलवेको लागि बाटो खनेका थिए । यो सभ्यता पाकिस्तान तथा भारतको पञ्जाब, सिन्ध, बलुचिस्तान, गुजरात, राजस्थान, हरियाणा, पश्चिमी उत्तर प्रदेश, जम्मु–कश्मिरको जम्मा १२ लाख ९९ हजार ६ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

 

यस सभ्यतालाई विश्वको पहिलो मानव सभ्यताको रूपमा लिइएको मसोपोटामिया तथा मिश्रको सभ्यताभन्दा पनि धेरै क्षेत्रमा फैलिएको छ ।  सिन्धु सभ्यतामा दुई प्रमुख सहर हडप्पा र मोहनजोदाडोलाई चिनिन्छ । साथै यसमा सयभन्दा बढी अन्य सहर र गाउँ भएको बताइन्छ । हडप्पा रावी नदी, मोहनजोदाडो सिन्धु नदी, लोथल भोगावा नदी, कालीबंगा घग्घर नदी र हिसार यमुना नदीको किनारमा रहेको छ ।

 

एक अनुमानअनुसार यस सभ्यताको अन्त्य इसापूर्व १५०० मा भएको मानिन्छ । यस समयमा मध्य एसियाबाट आएका आर्यहरूले गरेका थिए । उनीहरू हिन्दू कुश पहाडलाई पार गरेर सिन्धु घाँटीको सम्पर्कमा आएका थिए । हडप्पा सभ्यतालाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

 

माचु पिच्चु सभ्यता : पेरु

माचु पिच्चु सभ्यता : पेरुको लागि तस्बिर परिणाम

 

माचु पिच्चु दक्षिण अमेरिकी देश पेरुको एन्डिस पर्वतको बीचमा पुरानो इंका सभ्यतासँग सम्बन्धित ठाउँ हो । यो समुद्री सतहभन्दा लगभग ८ हजार फिटको उचाइमा लगभग सन् १४०० मा बनाइएको थियो । तर, यसको खोज सन् १९११ मा हिरम बिंघम नाम गरेका एक अमेरिकी प्रोफेसरद्वारा गरिएको थियो ।

 

यो इंकान सम्राट पचकुतिको लागि बनाएको थियो । उनले सन् १४३८–१४७२ सम्म शासन गरेका थिए । लगभग सन् १५०० को आसपासमा स्पेनको आक्रमणका कारण यहाँका इंका निवासी यस ठाउँ छोडेर भाग्नुपरेको थियो । त्यसपछि यो ठाउँ एक हराएको सहरजस्तो गुमनाम भएको थियो ।

 

अचम्म त यस कुराको थियो कि यो हराएको पुरानो सभ्यताको निर्माण ८ हजार फिटको उचाइमा एक पहाडमा कसरी गरेको होला ? जे भए पनि यस अद्भुत सभ्यता विश्वको सात आश्चर्यमध्ये एक मानिन्छ । यसलाई सन् १९८३ मा विश्व सभ्यताको सूचीमा युनेस्केले सूचीकृत गरेको थियो ।

 

टेराकोटा वारियर्स : चीन

 

                        à¤Ÿà¥‡à¤°à¤¾à¤•à¥‹à¤Ÿà¤¾ वारियर्स : चीनको लागि तस्बिर परिणाम

 

चीनको सियान सहरमा रहेको टेराकोटा वारियर्स म्युजियममा करिब ८ हजारभन्दा बढी प्रतिमा रहेको छ । चीनका पहिलो सम्राट किन सि हुआङ किन वंशका संस्थापक थिए । उनले २२१–२०७ इसापूर्वसम्म शासन गरेका थिए । आफ्नो शासनकालमा उनले केही ठूला परियोजनाको निर्माण गरेका थिए ।

 

जसमा चीनको महान पर्खाल एक नमुनाको रूपमा विश्वप्रख्यात रहेको छ । टेराकोटा सेनाको निर्माण चीनका पहिलो सम्राटको कब्रको सुरक्षा गर्नका लागि गार्डका रूपमा बनाइएको थियो । यहाँ भएका सालिक सन् ४७६–२२१ इसापूर्वको युद्धको एकजुट चीनको सेनाको प्रतिनिधित्व गर्दछ ।

 

यसलाई अलगअलग भागमा बनाइएको थियो । तैपनि यसलाई आपसमा जोडेर रङ लगाइएको थियो । यस प्राचीन पुरातात्विक स्थललाई युनेस्कोले सन् १९८७ मा विश्व सम्पता सूचीमा सूचीकृत गरेको थियो ।

 

अटलान्टिसको हराएको सहर

                atlantis lost cityको लागि तस्बिर परिणाम


अमेरिकी वैज्ञानिकले हजारौँ वर्ष पहिले सुनामीको कारण समुद्रमा डुबेको अटलान्टिस सहरको खोजबिन गर्नुपर्ने कुरा निकालेका थिए । ६० मिल लामो एटलान्टिक द्वीपलाई एक शक्तिशाली सुनामीले समुद्रमा डुबाएको थियो ।

 

इतिहास बनिसकेको यो द्वीपको पहिलोचोटी ३३० इसापूर्वमा ग्रिसका महान दार्शनिक प्लेटोद्वारा लेखिएको किताब ‘टिमाइयस’ र ‘क्रिटिआस’ मा उल्लेख गरेको पाइएको थियो । प्लेटोले उक्त द्वीप २४ घण्टाभित्रमा नै समुद्रमा डुबेको कुरा लेखेका छन् ।

 

यसैलाई आधार बनाएर शोधकर्ताले भूमध्य तथा एटलान्टिक महासागरको एक भागमा यो सहर भएको संभावना व्यक्त गरेका थिए ।  यही कुरा प्रख्यात लेखक चाल्र्स बर्लिटज पनि आफ्नो किताब ‘द मिस्ट्र अफ एटलान्टिस’ मा पनि गायब भएको यो द्वीपको चर्चा गरेका छन् । ग्रिक सभ्यताको केन्द्र मानिने यो एटलान्टिस सहर एटलान्टिक महासागरको एक टापुमा रहेको थियो ।

 

केही समय पहिले गुगल अर्थले यसको केही तस्बिर राखेको थियो । जसमा समुद्रभित्र करिब आठ दशमलव पाँच माइल चौडाइ तथा ११ माइल लम्बाइ भएको पिरामिडको जस्तो आकृति देखिएको थियो । पछि यसैलाई नै एटलान्टिस सहर भनिएको थियो ।

 

गिजाको पिरामिड–मिस्र

         à¤—िजाको पिरामिड–मिस्रको लागि तस्बिर परिणाम


मिस्रको सम्यताको प्रतीक गिजाको पिरामिड विश्वको साता आश्चर्यभित्र पर्दछ । यो मिस्रको राजधानी काहिरको नजिकै रहको नील नदीको किनारमा गिजाको पठारमा रहेको छ । यसको निर्माण चौथो राजवंशका राज खुपूको शासनकाल (२५८९–२५६६ इसापूर्व) मा भएको थियो ।

 

भनिन्छ यो ऐतिहासिक पिरामिड बनाउनका लागि २० वर्ष लागेको थियो ।  एफिल टावर भन्नुभन्दा पहिले यो पिरामिड नै मानवद्वारा निर्मित सबैभन्दा अग्लो संरचना थियो । भनिन्छ यस मिरामिडलाई इजरायलको पहाड तथा चन्द्रमाबाट पनि देख्न सकिन्थ्यो । १ सय ४६ मिटर अग्लो पिरामिड २ सय ३० आधारमा तयार भएको छ । यसमा दुई लाखभन्दा बढी ढुंगको ब्लक प्रयोग भएका छ । यो पिरामिडको निर्माण कसले किन बनाएको हो भन्ने कुरा आज पनि रहस्य मै रहेको छ ।

 

स्टोनहेजको पत्थर–इग्ल्यान्ड

 

                   stonehedge stoneको लागि तस्बिर परिणाम


स्टोनहेजको पत्थर विश्वको प्रागऐतिहासिक कालको हो । भनिन्छ यसलाई विभिन्न चरणमा निर्माण गरिएको थियो । यसको निर्माण ५ हजारदेखि २ हजार ५ सय इसापूर्वसम्म चलको मानिन्छ । यहाँ करिब चार देखि १३ मिटर अग्लो पत्थरको लगभग २५ टन तौल भएका शिला वर्षाैंदेखि पृथ्वीमा ठडिएको छ । जसमा एउटा चक्र बनेको छ जुन सदियौँदेखि इतिहासकार तथा पुरातात्विकविदका लागि एक रहस्य बनेको छ ।

 

१७औँ शताव्दीमा पुरातत्वविद् जान एब्रेले दाबा गरेका थिए कि स्टोनहेज केल्टिकका पूजारीको काम हो । स्टोनहेज बनाउनका लागि विभिन्न प्रकारका पत्थरको प्रयोग गरिएको छ । जसमा बलुआ पत्थर तथा नीलो पत्थर प्रमुख रहेका छन् । मूख्य कुरा यो रहेको छ कि नीलो पत्थरबाट स्टोनहेजको भित्री परिधि बनाइएको छ ।

 

जुन आसपास कहीँ पनि छैन । यहाँ हरेक साल लगभग १० लाखभन्दा बढी मानिस घुम्न आउँछन् । यस प्रागऐतिहासक स्मारकलाई युनेस्कोले सन् १९८६ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

 

अल्टामिराको गुफा–स्पेन

      altamira caveको लागि तस्बिर परिणाम


उत्तरी स्पेनमा रहेको अल्टामिराको गुफा विश्वको एक पाषाणकालीन कलाको बेजोड नमुनाको उदाहरणका रूपमा लिने गरिएकोे छ । अल्टामिराको गुफामा बनेको चित्र सबैभन्दा पहिले सन् १८७९ मा वनस्पति शास्त्री तथा पुरातत्वविद मर्सिलिनो सेज डी साउतोलाद्वारा एक यात्राको क्रममा खोजिएको थियो । दशकौँसम्म यो खोजलाई कसैले पनि मान्यता दिएका थिएनन् तर सन् १९०२ मा फ्रान्सिसी सोधकर्ताले यस खोजको पुस्टि गरेपछि अल्टामिरा एक प्रमुख पर्यटनस्थलमा परिणत भएको थियो ।


२ सय ७० मिटर गहिरो अल्टामिरा गुफामा लगभग २ सय राम्राराम्रा चित्र बनाइएको छ । जुन सबैलाई चकित पार्ने खालको छ । गुफामा कालो, रातो, बैजनी तथा पहेँलो रङले चित्र बनाइएको छ जुन आजसम्म पनि कुनै रङ पनि फिका भएको छैन । यसको चमक आज पनि उस्तै रहेको छ । यसमा पुरुषको हात तथा जंगली जनावरको चित्रमा चारकोल तथा हेमटिटको प्रयोग गरेर बनाइएको छ । यस अद्भुत कलालाई युनेस्कोले सन् १९८५ मा विश्व सम्पदा सूचीमा राखेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

डोल्पाको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ। नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख

फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने

विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने

पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याउने बैज्ञानिक कारण के होला ?

हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको