नुवाकोटमा शिक्षाको क्षमता बिकास अभिवृद्धि र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले तालिम सम्पन्न

नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिका मा वडा न ६ समुन्द्रादेविको कालिकादेवि माध्यामिक विद्यालय र शिवपुरी गाउँपालिकाको साझेदारीमा, यहीँ बैशाख १५ गते देखि १९ गते सम्म गुर्जे को कालिकादेवि माध्यामिक विद्यालयमा पाँच दिने, शिक्षाको क्षमता बिकास अभिवृद्धि र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले तालिम सम्पन्न भएको छ ।

 

उक्त तालिममा वडा नं ६ समुन्द्रादेविका चन भुमे आधारभूत विद्यालय, जलेश्वर आधारभुत विद्यालय, पञ्चकन्या आधारभुत विद्यालय, समुन्द्रा माध्यामिक विद्यालय, कालिकादेवि माध्यामिक विद्यालय, गरि पाँच ओटा विद्यालय का २५ जना शिक्षकहरु तालिममा सहभागी भएको थिए । सो तालिम प्रशिक्षक टि. डि. खतिवडा र दिनेश सन्जेलले दिनु भएको थियो । तालिममा सहभागीलाई ब्यबहारिक सैद्धान्तिक शिक्षा को बारेमा ज्ञान दिएको थियो ।

 

काभ्रेपलान्चोक को बिनायक बाल आधारभुत नमुना विधालयमा तालिम मा सहभागीलाई यहीँ बैशाख २१ गते अबलोकन भ्रमण सहित  गरिएको थियो । उक्त तालिममा सहभागीहरुलाई कालिकादेवि माध्यामिक विद्यालय ब्यबस्थापन कमिटीका अध्यक्ष दावा तामाङ र उक्त बिधालयलाई सहयोग गर्दै आईरहेका बिदेशि संस्थाका ईमा टेलर ले शिक्षकहरू लाई प्रमाणपत्र पनि प्रदान गर्नु भएको थियो ।

 

तालिममा सहभागी शिक्षक यादव पाण्डेलाई प्रश्न गदा, कस्तो भयो भन्दा, उहाँले सो तालिमले शिक्षकको क्षमता अभबृदिमा टेवा पुगेको बताउनु भयो । तेस्तै कालिकादेवि माध्यामिक विद्यालयका प्र. अ. कृष्ण कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा बिधार्थिहरु लाई प्रदान गर्न बेला बेलामा यस्तो तालिम आबश्यक रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

आज पनिदशैको टीका लगाइदै

३ कात्तिक,नुवाकोट –आज पनिदशैको टीका लगाइदै  बडादशै अन्तर्गत आज पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजन बाट आशिषलिन व्यस्त छन् । एकै

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले