लाङटाङ राष्ट्रिय निकुञ्जमा आज भीषण आगलागी

लाङटाङ राष्ट्रिय निकुञ्जमा आज भीषण आगलागी भएको छ। रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा आगलागी भएको हो। करिब पाँच घण्टा अघिबाट सुरु भएको आगो निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको कालिजंग गण र हरित युवा पर्यटन विकास समाजका एक सय भन्दा बढिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जमा भीषण आगलागी

लाङटाङ राष्ट्रिय निकुञ्जको रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा लागेको आगो।    तस्बिरः नागरिक

 

हावाको वेगको कारण आगो निभाउन कठिन भइरहेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए। पासाङल्हामु राजमार्गभन्दा ५०० मिटर मूनि आगो लागेको रेन्जर बस्नेतले जानकारी दिए।  ‘फायर फाइटिङका सामग्री सहित आगो निभाउने प्रयास भइरहेको छ, रेन्जर बस्नेतले भने, थप क्षति हुन नदिनका लागि हाम्रो प्रयास जारी छ।’

 

-नागरिक

 

प्रतिकृया दिनुहोस

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास