प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक - आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशी

 

आसन्न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका सात मन्त्रालयले आ–आफ्नो काम कारवाही अघि बढाउन हालसम्म चार कानून निर्माण भएको र अझै एकसय कानून आवश्यक छ भन्नुभयो ।

 

“प्रदेश सरकार स्थापना भए पनि कानून, कर्मचारी र भौतिक संरचनाको अभावले काम गर्न सकिएको छैन ।” उहाँले भन्नुभयो, “कानून निर्माण गर्नसके कर्मचारी र भौतिक संरचनाको अभावलाई त्यहीबाट हटाउन सकिने हुँदा अभाव देखिएका कानून निर्माणमा जुटेका छौँ ।”

 

उहाँका अनुसार प्रदेश सरकारमार्फत लिखत प्रमाणीकरण ऐन र आर्थिक कार्यविधि ऐन राजपत्रमा जारी भइसकेको छ । गाउँ, नगर र जिल्लासभा सञ्चालन (कार्यविधि) र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा ऐन सरकारबाट प्रमाणीकरण भइसकेकाले राजपत्रमा जारी हुने क्रममा छ ।

 

“मन्त्रालय सञ्चालनका लागि कुनमा कति कानून चाहिन्छ भनेर सूची बनाउँदा सातदेखि सोह्र्रसम्म आवश्यक देखिएकाले त्यसको मस्यौदा बनाउन थालिसकेका छौँ । सचिव जोशीले भन्नुभयो, “जेठ १ गते प्रदेशसभा बस्ने तयारी भएकाले प्रत्येक मन्त्रालयबाट त्यहाँ तीन वटासम्म कानून पेश गर्ने तयारीमा जुटेका छौँ ।”

 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षा निकायसँगको समन्वय, सञ्चार मन्त्रालयलगायतको समेत जिम्मेवारी बहन गर्दै आइरहेको छ । 

 

-रासस

प्रतिकृया दिनुहोस

पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना

- भदौ ३ गते विहिवार २०७५ पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।   कन्टेनर डिब्बा

गेर्खु  खोलाले  सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प

-भदौ ३ गते बिहीवार २०७५ पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली –बेत्रावती खण्डको बिदुर नगर पालिका वडा नम्वर  गेर्खुको पुलमा गेर्खु  खोलाले

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब