साकुरा नेपाल कन्सल्टेन्सीले ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि प्रायोजन गर्ने

प्रथम नुवाकोट गोल्डकप कप फुटवल प्रतियोगिताका लागि  शैक्षिक  परामर्समा बिगत एक दशम देखि सक्रिय संस्था  साकुरा नेपाल कन्सल्टेन्सीले ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि प्रायोजन गर्ने  भएको छ । आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि साकुराले प्रायोजन  गरेको नुवाकोट एफएमका संस्थापक सदस्य  एवं साकुरा प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बताउनु भयो  ।

 

बिदुर नगर पालिका वडा नम्वर २ अशोकबाटिकामा जन्मी हाल बिभिन्न सामाजिक संस्थामा क्रियासिल अनुजकुमार श्रेष्ठले  पुरस्कारका लागि एकमुष्ठ ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको बताउनु भयो । एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुका लागि साकुराले उपलब्ध गराएको रकमबाट पुरस्कृत गर्ने जानकारी दिनु भयो  । उपाध्यक्ष पनेरूका अनुसार जिल्ला  खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्लला फुटबल संघको आयोजनामा हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन कल्वहरु र नुवाकोट ११ ले सहभागिता जनाउनेछन  ।
 

प्रतिकृया दिनुहोस

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास