साकुरा नेपाल कन्सल्टेन्सीले ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि प्रयोजन गर्ने

प्रथम नुवाकोट गोल्डकप कप फुटवल प्रतियोगिताका लागि  शैक्षिक  परामर्समा बिगत एक दशम देखि सक्रिय संस्था  साकुरा नेपाल कन्सल्टेन्सीले ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि प्रयोजन गर्ने भएको छ । आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि साकुराले प्रयोजन गरेको नुवाकोट एफएमका संस्थापक सदस्य  एवं साकुरा प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बताउनु भयो  ।

 

बिदुर नगर पालिका वडा नम्वर २ अशोकबाटिकामा जन्मी हाल बिभिन्न सामाजिक संस्थामा क्रियासिल अनुजकुमार श्रेष्ठले  पुरस्कारका लागि एकमुष्ठ ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको बताउनु भयो । एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुका लागि साकुराले उपलब्ध गराएको रकमबाट पुरस्कृत गर्ने जानकारी दिनु भयो  । उपाध्यक्ष पनेरूका अनुसार जिल्ला  खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्लला फुटबल संघको आयोजनामा हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन कल्वहरु र नुवाकोट ११ ले सहभागिता जनाउनेछन  ।
 

प्रतिकृया दिनुहोस

सन्दीप लामिछानेले लिए तीन विकेट

आईपीएल क्रिकेटमा  दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।  आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २०

उत्कृष्ट प्रदर्शनसँगै सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए

  इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। दिल्ली

फिफा वरियतामा नेपाल दुई स्थान तल

                                      फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ