आइपिएलमा किंग्स इलावेन पञ्जाव तेस्रो स्थानमा उक्लियो

          rr vs k11pको लागि तस्बिर परिणाम

राजस्तान रोयल्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलावेन पञ्जाव तेस्रो स्थानमा उक्लिएको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। अंक तालिकाको पुछारमा रहेको राजस्थानलाई हराउने क्रममा आइतबार राति लोकेश राहुलले उत्कृष्ट इनिङ्स खेले।

 

राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य पञ्जावले ४ विकेट गुमाएर ८ बल खेल्न बाँकी छँदा पार गरेको थियो। पञ्जावका लागि ओपनर लोकेश राहुलले नटआउट ८४ रन जोडेका थिए। ५४ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। मार्कोस स्टोइनिसले नटआउट २३ र करुण नइरले ३१ रन जोडे।

 

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। राजस्थानका लागि जोस बटलरले ५१ र सन्जु समासनले २८ रन जोडेका थिए। राजस्थानलाई कम योगफलमा रोक्न पञ्जावका मुजिर उर रहमानले ३ तथा आन्द्रे टेरले २ विकेट लिए।

प्रतिकृया दिनुहोस

सन्दीप लामिछानेले लिए तीन विकेट

आईपीएल क्रिकेटमा  दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।  आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २०

उत्कृष्ट प्रदर्शनसँगै सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए

  इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। दिल्ली

फिफा वरियतामा नेपाल दुई स्थान तल

                                      फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ