हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हरायो

                      srh vs rcb 8th may matchको लागि तस्बिर परिणाम

आईपीएल मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको छ ।राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार राति टस हारेर व्याटिङ गरेको हैदरावादले कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा १४६ रन बनाएको थियो । उनी प्लेयर अफ दि म्याच पनि भए । १४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटियो । खेलको अन्तिम बलमा भुवनेश्वर कुमारले कोलिन डि ग्रान्डहोमलाई ३३ रनको स्कोरमा बोल्ड गरे ।

 

मन्दिप सिंह २१ रन बनाएर आउट भए । खेलमा रमाइलो के भयो भने दुबै टिमले आफ्नो पारीको अन्तिम बलमा एक-एक विकेट गुमाएका थिए । बैंगलोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ३९ रन बनाए । उनलाई शाकिब अल हसनको बलमा युसुफ पठानले आउट गरे । एबी डिभिलियर्सलाई पनि पाँच रनमा शाकिबले नै आउट गरे । पहिलो पटक आईपीएल खेलिरहेका मोइन अलीलाई १० रनको स्कोरमा सिद्धार्थ कौलले विकेटकिपर ऋद्धिमान साहको हातबाट क्याचआउट गरे ।

 

पार्थिव पटेल १३ बलमा २० रन बनाएर शाकिब अल हसनको बलमा एलबीडब्लुको धरापमा परे । मनन बोहरालाई सन्दिप शर्माले बोल्ड गरे । मननले ८ रन बनाए । हैदरावादका लागि सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले एक-एक विकेट लिए । तर, शाकिब हल हसनले दुई खेलाडीलाई पेभेलियन फर्काउन सफल भए । यसअघि सनराइजर्स हैदरावाद १४६ रनमा अलआउट भयो । अन्तिम दुई ओभरमा उसको पाँच विकेट झर्‍यो ।

 

हैदरावादका लागि विलिम्सनका अलावा शाकिब अल हसनले ३५ र युसुफ पठानले १२ रन योगदान गरे । अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बैंग्लोरको तर्फबाट टिम साउथी र मोहम्मद सिराजले तीन-तीन विकेट लिए । उमेश यादव र युजवेन्द्र चहलले एक-एक विकेट झारे । उमेशको टिमले जित्न त सकेन तर उमेशले १० खेलमा १४ विकेट झारिसकेका छन् । उनी आईपीएलको जारी सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

 

आईपीएलको जारी ११ औं संस्करणमा हालसम्म ३९ खेल भएका छन् भने हैदरावाद १० खेलमा ८ जितका साथ १६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । आईपीएलका पुराना सिजनलाई हेर्ने हो भने यो अंकले हैदरावाद प्लेअफमा पुग्ने पक्का भइसकेको छ ।यता रोयल च्यालेन्जर्स बैंग्लोरले १० खेलमा केबल ३ खेलमात्र जित्न सकेको छ । उ अंक तालिकामा ६ अंकका साथ छैठौं स्थानमा छ । हैदरावादसँग हारेसँगै प्लेअफमा पुग्न उसलाई मुस्किल भएको छ ।

प्रतिकृया दिनुहोस

सन्दीप लामिछानेले लिए तीन विकेट

आईपीएल क्रिकेटमा  दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।  आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २०

उत्कृष्ट प्रदर्शनसँगै सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ भए

  इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। दिल्ली

फिफा वरियतामा नेपाल दुई स्थान तल

                                      फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ