सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली

                 srh vs ddको लागि तस्बिर परिणाम

 

दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा पराजित भएसँगै दिल्ली भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । दिल्लीका युवा स्टार रिसभ पन्तले अविजित १२८ रन जोडे ।

 

 

जवाफमा १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा ग¥यो । हैदरावदाका शिखर धवनले अविजित ९२ रन तथा केन विलियम्सनले अविजित ८३ रनको योगदान दिए । जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले ११ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा समेटिएको छ ।आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल