पञ्चकन्या माविलाई जग्गादान

 

 

जिल्लाको पञ्चकन्या गाउँपालिका-३ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयलाई एक दम्पतीले जग्गा र खानेपानी योजना गरी ७ लाख बराबरको दान गरेका छन् । सहयोग दाता मानबहादुर (भरत) कार्की र उनकी श्रीमती सीता कार्कीले विद्यालयलाई पाँच लाख मूल्यबराबरको १ रोपनी जग्गा र खानेपानी सुविधा दिलाएका हुन् । बिहीबार जग्गा र खानेपानी सुविधा प्रतिनिधि सभाका सांसद् एवं माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हितबहादुर तामाङको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

 

कार्की दम्पतीले जग्गाको लालपूर्जा, नगद १५ हजारसहित विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए । तीन किलोमिटर दूरीमा रहेको मुहानमा ट्यांकी बनाइ विद्यालयका बालबालिकाका लागि खानेपानी सुविधा पुर्‍याइएको छ । खानेपानी ट्यांकी, पाइप, धारा जडानका लागि करिब दुई लाख रुपैयाँ खर्च भएको कार्कीले सुनाए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हितबहादुर तामाङले शिक्षा र खानेपानी क्षेत्रमा कार्की दम्पतीले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उनले समाज र देश विकासको प्रमुख आधार शिक्षा क्षेत्र भएको उल्लेख गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता बढाउन सबैले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । सहयोगदाता कार्कीले विद्यार्थीलाई स्वच्छ खानेपानी र कक्षा ११ र १२ अध्ययन/अध्यापन गराउने कार्यमा मद्दत मिलोस् भन्ने उद्देश्यले दान दिएको बताए ।

 

- कान्तिपुर

प्रतिकृया दिनुहोस

त्रिशूली जलविद्युत् केन्द्रमा भीषण आगलागी

           त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार आगलागी भएको छ । विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा मंगलबार दिउँसो करिब

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख बजेट विनियोजन

  रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा

नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने

  नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास