दिल्लीका गल्ली–गल्लीमा मोदीको ‘द लाई लामा’ लेखिएको पोस्टर

‘द लाई लामा’को लागि तस्बिर परिणाम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा छन् तर उनकै देशको राजधानी नयाँ दिल्लीमा उनलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर टाँसिएको छ । निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग मिल्दोजुल्दो गरी मोदीको पोस्टरमा ‘द लाई लामा’ नाम राखिए पनि निर्वासित तिब्बती नेता लामासँग मोदीको तस्वीरसहितको पोस्टरको सम्बन्ध छैन । मोदीलाई ‘द लाई लामा’ भनेर पोस्टरमा लेखिनुको अर्थ बेग्लै छ ।

 

 

मोदीले बारम्बार झुट बोल्दै आएको भन्दै विरोधीहरुले उनलाई ‘झुठ बोल्ने नेता’ भन्दै आएका छन् । सोही अर्थमा उनलाई अंग्रेजी भाषामा नामाकरण गरी ‘द लाई’ भनिएको हो ।प्रहरीले नयाँ दिल्लीका विभिन्न गल्लीबाट त्यस्ता पोस्टर निकालेको छ । पोस्टर कसले टाँसेको हो भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ । पोस्टर कहाँ प्रकाशन भएको हो भन्ने पनि प्रष्ट भइसकेको छैन । प्रहरीले अज्ञात व्यक्तिहरुको नाममा उजुरी दायर गरी आवश्यक अनुसन्धान तथा कारवाही सुरु गरेको बताइएको छ ।

 

-एजेन्सी

प्रतिकृया दिनुहोस

एक घरमा ११ जनाको शव फेला

                              नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरे

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार

लिवियामा अमेरिकी सेनाको हवाई कारबाही

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार