रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज

                          à¤­à¥‹à¤Ÿà¥‹ देखाउने जात्राको लागि तस्बिर परिणाम

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनेछिन् । गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् ।

 

मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार यो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिएका छन् ।

 

जोशीका अनुसार भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । यो जात्राबारे रोचक किम्बदन्ती छ । किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए ।

 

औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो ।

 

कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन ।

प्रतिकृया दिनुहोस

खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव खुर्कोटमा फेला पर्यो

सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी

लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा तस्करको पहिलो रोजाइ

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय

विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल