कामिरिताले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखे

 

कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।

 

कामिरिताले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए। पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन्।

 

कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो। उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए। चारवर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरे। उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरे।

प्रतिकृया दिनुहोस

खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव खुर्कोटमा फेला पर्यो

सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी

लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा तस्करको पहिलो रोजाइ

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय

विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे को पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल