लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा तस्करको पहिलो रोजाइ

सम्बन्धित छवि

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ ।

 

यसबाहेक नौ थान चितुवाको छाला ओसारपसारमा २४ जनालाई कारबाही गरिएको जिल्ला वन अधिकृत रामबाबु पौड्यालले जानकारी दिनुभयो । सालक वन्यजन्तु तस्करको तेस्रो रोजाइमा परेको छ । उक्त विवरणअनुसार यस वर्ष १७७ किलोग्राम सालकको खपटा ओसारपसारमा संलग्न नौ जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो । जिल्लामा रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन् ।

 

संरक्षित वन्यजन्तुसम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर हुन्छन् भने संरक्षित सूचीमा नभएका वन्यजन्तुको मुद्दाको कारबाही जिल्ला वन कार्यालयले नै गर्ने गर्दछ । कतिपय अवस्थामा केही लोभ र अज्ञानताका कारण पनि सामान्य मानिस पक्राउ पर्ने गरेका छन् । त्यसैले वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कानूनका बारेमा ग्रामीणस्तरसम्म सचेतना जगाउनुपर्ने आवश्यकता छ । नेपालबाट अधिकांश वन्यजन्तुका अंगको तस्करी काठमाडौँ हुँदै चीन, मलेशिया, जापान, युरोप तथा संयुक्त राज्य अमेरिकासम्म हुने गरेको छ ।

 

काठमाडौँबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ । चिनियाँ परम्परा, सहज ओसारपसार, सौखिन जीवनशैलीलगायत कारण चीनमा वन्यजन्तुको बढी माग हुने गरेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले बताउनुभयो । केन्द्रीय राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका घटनामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने गरेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अनुपमशम्शेर राणाका अनुसार अधिकांश पैसाको लोभमा वन्यजन्तुका अंग ओसारपसार गर्दा निम्नवर्गका व्यक्ति पक्राउ पर्ने गरेका छन् । त्यस्ता व्यक्ति वन्यजन्तुका अंग बेच्न व्यापारी खोज्दै जाँदा हल्ला हुने र प्रहरी कहाँ सूचना पुग्ने गरेको छ । यसबाहेक नेपाललाई पारवहन मार्ग बनाई अन्तर्राष्ट्रिय व्यापार गर्ने ठूला तस्कर थोरै मात्रामा पक्राउ पर्ने गरेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिनुभयो ।

 

- रासस

प्रतिकृया दिनुहोस

चितवन दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु र घाइतेको संख्या १८ पुग्यो

  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा

गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिता घोषणा

  नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा