आज शिविरमा  ५० जनाले नि शुल्क मोतियाविन्दुको अपरेसन गराए

 

तिलगंगा आखा प्रतिष्ठान गौशाला काठमाण्डौ, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुत्त आयोजनामा आँखा केनद्रको भवन विदुरमा मा आज विहिबार र भोलि शुक्रबार अर्थात जेठ ३ र ४ गते निशुल्क आँखा शिविर भईरहेको छ । शिविरमा निशुल्क आँखाका परिक्षण, चेकजाँच, निशुल्क औषधी वितरण र मोतियाविन्दु भएकाहरुको निशुल्क शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख शंकर अधिकारी बताए।

 


आज शिविरमा  ५० जनाले नि शुल्क मोतियाविन्दुको अपरेसन गराएको र १२० जनाले नि शुल्क आँखा परीक्षण गराएको अधिकारीले थप जानकारी गराए । आँखा शिविरमा ३ सय भन्दा बढी आँखाको समस्या भएका विरामीहरुले सेवा लिने जिल्ला सामुदायिक आँखा अस्पतालले जनाएको छ ।जिल्ला सामुदायिक आँखा केन्द्रले पछिल्लो समयमा जिल्लाको विभिन्न स्थानहरुमा आँखा शिविरहरु गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस

बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लियो

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ । 

“बाल बालिकाको सर्वाङ बिकासमा पोषण” शिर्षकमा बक्तृत्वत्वकला सम्पन्न

  पोषण सप्ताह कार्यक्रम अन्तगर्त विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ । दुप्चेश्वर गाउपालिकाको आधारभुत  स्वास्थ र सरसफाई शाखा द्वारा आयोजित

छात्रबृत्ति रकम हस्त्तारण

शिवपुरी गाउ पालिका वडा नम्वर ७ मा रहेको श्री पन्चकन्या भुमे आधारभुत बिद्यालयले आफना बिद्यार्थीलाई   जेनिसा एसो सियसन ले उपलब्ध गराएको छात्रबृत्ति