फिफा वरियतामा नेपाल दुई स्थान तल

                                     fifa rnaking nepalको लागि तस्बिर परिणाम

फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ। विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झरेर १ सय ६४ औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १ सय ६६ औं स्थानमा थियो। दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा भारत ९७ औं स्थानमा यथावत छ। त्यसैगरी २ स्थान माथि उक्लिएको अफगानिस्तान १४०औं स्थानमा पुगेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १ सय ४८ औं स्थानमा छ।

 

 

नेपालभन्दा तल रहेको भुटान १ सय ८४ औं, बङ्गलादेश १ सय ९७ औं, तथा श्रीलंका २ सय औं स्थानमा छ भने पाकस्तिान २ सय ३ औं स्थानमा यथावत छ।विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ। ब्राजिल दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्। वरियतामा सबैभन्दा राम्रो सुधार एसियाली राष्ट्र कुवेतले गरेको छ। कुवेत १६ स्थान माथि चढ्दै १ सय ६० औं स्थानमा पुगेको छ।यस्तै अर्को एसियाली राष्ट्र प्यालेस्टाइन १३ स्थान तल झर्दै ९६औं स्थानमा पुगेको छ।

प्रतिकृया दिनुहोस

एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनलमा

  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।    नेपाल आज

फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

                बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा गएराति भएको

विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुने

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । गएराती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल